Websoft University

कोभिड-१९ को आचारसंहिता हरुलाई पालनन गरी आफू बच्ने र अरूलाई पनि बचाउने कार्यमा लाग्न सम्पूर्ण जनतालाई १ नम्बर प्रदेश प्रमुखले अनुरोध गर्नु भएको छ



बिराटनगर चैत १३ गते । रातो तारा डट कम,
प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरु, 
विश्वव्यापी महामारीको रुपमा फैलिएको जनशंहारकारी नोबेल कोरोना भाइरस कोभिड-१९, रोगको संक्रमणलाई फैलिन नदिन तथा रोगको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएका सूचना तथा सुरक्षाका लागि अपनाइएका उपायहरु, निर्देशनहरु एवम् आचारसंहिता हरुलाई पालनन गरी आफू बच्ने र अरुलाई बचाउने कार्यमा आम जनसमुदायलाई पूर्ण समर्थन तथा सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । हामी हरेक नागरिकले सामाजिक समदुरीलाई कायम गर्न सके संक्रमणको साइकललाई हामीले तोड्न सक्छौ“ । संक्रमणलाई रोक्न सके हामी सबैको जीवनको रक्षा हुन्छ ।

त्यसकारण हामीले अत्यन्तै धैर्य, संयमित तथा अनुशासनका साथ शाहासी भएर नोबेल कोरोना भाइरसस“ग लड्न सके हाम्रो जित सुनिश्चित छ। सामान्य लापरबाही र गल्तीले हामी साह्रै जटिल समस्यामा फस्न सकिने भएकाले हामीले समय मै विशेष ध्यान पु¥याउनु पर्छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अहोरात्र खटिरहनु भएका चिकित्सकहरु, नर्सहरु, प्राविधिकहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, सम्पूर्ण तहका जनप्रतिनिधिहरु, निजामति कर्मचारीहरु तथा विभिन्न सामाजिक संघ, संस्थाहरु, उद्योग व्यवसायीहरुको उच्च आत्मबल बढाउ“दै सबैलाई होस्टेमा हैसे गरी संक्रमण विरुद्धको अभियानमा तन, मन, वचन र कर्मले जुटी दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

साथै, जेष्ठ नागरिकहरु, बालबालिका तथा दीर्घ रोगको उपचार गराइ रहनु भएका र नियमित औषधी सेवन गर्नुहुने महानुभावहरुलाई उच्च संक्रमणको जोखिम रहने भएकाले वहा“हरुलाई विशेष प्राथमिकताका साथ संक्रमणबाट बचाउन सावधानी अपनाउनु हुन समेत अनुरोध छ । अन्त्यमा, जीवन रक्षाका लागि अत्यावश्यक खाद्यपदार्थको सही र उचित व्यवस्थापनमा सरोकारवाला सबै पक्षले समयमै ध्यान पु¥याइ अत्यावश्यक काम बाहेक घर बाहिर आपूm पनि ननिस्कने र अरुलाई पनि निस्कन नदिई नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सुरक्षाका लागि  अपनाएको उपायहरुमा सहयोग गरी विकराल अवस्था सृजना हुन नदिनका लागि अपनाइएको लकडाउन लाई पूर्ण सफल बनाउ“न सहयोग गरी आपूm पनि बाच्ने र अरुलाई पनि बचाउने कार्यमा ऐक्यवद्धता जनाइदिनहुन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सादर अनुरोध गर्दछु ।

पूर्ण सावधानी अपनाउ“दै हाम्रो साझा दुश्मन नोवल कोरोना भाइरसका विरुद्ध सामुहिक रुपमा सबैरुपका सम्पूर्ण प्रहार केन्द्रीत गरौ“ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.