Websoft University
Latest Post


युवराज ठकुरी/सिंहदेवी,मोरङ- जेठ १४ गते ।
रातो तारा डट कम,रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुरा थुप्रै ओझेलमा परेका प्रतिभहरुबाट थाहा पाउन सकिन्छ।

यस्तै अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन राजेश किराँती।२०५१सालमा केराबारी-२; सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो प्रस्तुति गजलकार तथा गीतकार श्रीमान खजुमको मीठा मीठा सपनाहरू बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए।

पहिलो अभिनयको केही सफलता पछि उनमा मोडलिङ/अभिनय क्षेत्रमा केही गर्ने लक्ष्य पलाएको बताउछन् ।अध्ययन सगँसगैँ शिक्षण पेशामा आबद्ध किराँती सानै देखि गीत, सङ्गीत, साहित्य र अभिनयमा रुचि राख्थें।गजल ,कविता मात्रै सिर्जना गर्ने किराँतीलाई म्युजिक भिडियोमा अभिनय गर्न निक्कै असहज महसुस भएता पनि रमाइलो अनुभव भएको बताउँछन।
           
बान्किलो अनुहार र मिलेको जिउडालले पनि उनलाई म्युजिक भिडियोमा अभिनय गर्न साथ मिलेको हो।
उनको पहिलो म्युजिक भिडियोको सफलता पछि लगातार गायक उत्तमजङ लिम्बूको स्वर,इन्द्र जित लाओतीको शब्द रचना  र महेश खड्काको सङ्गीत रहेको भुल्नु भन्यौ तिमीले नै बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाए।

उक्त म्युजिक भिडियोको निर्देशन गोविन्द खजुमले गरेका छन भने कलाकारहरुमा विमला खजुम,चन्द्र लिङ्खा र राजेश किराँतीको अभिनय रहेको छ।
 
अहिले नै अभिनयबाट पैसा कमाउन नसकेपछि दर्शन स्रोताको मायाले सन्तुष्टि मिलेको किराँती बताउछन् ।अबको लक्ष्य अभिनयलाई नै बनाउने सोच बनाएको किराँती लुकेर रहेका,लोपहुदै गएका संस्कृतिहरु जगेर्ना गर्न बनेका फिल्महरुमा अभिनय गर्ने रहर भएको बताउँछन।


काठमाडौं, जेठ १४ गते । रातो तारा डट कम,
किरात राई कलाकार संघले यलम्बर संगीत प्रतियोगिताको चौथो संस्करणका लागि तयार गरेको टिसर्ट सार्वजनिक गरेको छ । आगामी जेठ २६ गते काठमाडौंमा अन्तिम स्पर्धामा नया किराती कलाकारहरुलाई उतार्न लागेको संघले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरेर टिसर्ट सार्वजनिक गरेको हो ।

आइतबार ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक गर्दै अन्तिम चरणको छनोट जेठ २६ गते हुन लागेको संघका अध्यक्ष जनक राईले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेको किरात राई समुदायका नया प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उद्येश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाई रहेको छ ।

अन्तिम प्रतिस्पर्धाका लागि ९ जना युवा पुस्ताका गायक गायीकालाई छनौट गरिएको भन्दै किराती कलाकारहरु अरु कलाकारहरु भन्दा पृथक वैचारिक चेत भएको कलाकारको रुपमा उत्पादन गर्न लागिएको अध्यक्ष राईले बताए । उनले भने ‘अबको कला र संगीतले जीवन र जगतको चेत बोकेर हिँडनु पर्छ । कला संगीतमा किराती सौन्दर्यता खोज्नु पहिलो काम हो ।’

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सदस्य वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले किरात राईहरुले खेलाउँदै आएको संगीतका बारेमा बताउँदै साकेला संगीतको बारेमा जानकारी दिएका छन् । उनले कला संगीत भन्नु एउटा संवेदनाबाट उठेर सिँगो मानसिकतालाई बदल्न सक्ने शक्तिशाली हतियार भएको बताउँदै अहिले उठिरहेको पहिचानको आन्दोलनमा नया किरात राई कलाकारहरुले दर्विलो भूमिका प्रस्तुत गर्नु पर्ने विचार राखेका छन् ।

उनले कम्तिमा गीत संगीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति, सभ्यताको संरक्षण गर्दै भावि पुस्तालाई यी विषयमा जानकार बनाउन सकिने बताए ।
कार्यक्रममा संगीतको माध्यमबाट हाम्रा संस्कृतिहरुलाई संरक्षण गर्न सकिने भएकाले कार्यक्रमको औचित्य पुर्ण रहने विचारहरु आएको थियो ।

यो प्रतियोगिताबाट गीत संगीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति सभ्यता र समसामयिक विषयहरुलाई उजागर गरेर विश्व मानव समुदायमा पु¥याउने अभियानको रुपमा आयोजकले लिएको छ ।
जेठ ६ गते बाट पहिलो चरणको छनौट हुँदै हाल अन्तिम स्पर्धाको लागि नौजनाको सहभागिता रहेको प्रतियोगिताबाट विजयी हुनेहरुलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत दिइनेछ ।

उत्कृष्ट दर्शक छनोटबाट छानिएको एक जनालाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिइने छ ।
एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा गायिका पार्वती राई, किरात राई पत्रकार संघका अध्यक्ष भिम राई लगायतको उपस्थिति थियो ।
यसअघि प्रतियोगिताको भाग १, भाग २ र भाग ३ सम्पन्न गरिसकेको छ ।

सो अवसरमा यलम्बर संगीत प्रतियोगिताको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीहरुलाई वितरण गरिएको उक्त टिसर्ट सुम्निमा कलेक्सनबाट प्रायोजन गरिएको हो ।

मोरंङ-जेठ १४ गते । रातो तारा डट कम,
बेलवारी नगरपालिकाको वडा नम्वर ११ लक्ष्मीमार्ग स्थित रहेको युनाईटेड युथ क्लवले आईतवार वडाभरि सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बेलवारी नगरपालिको सहकार्यमा एक दिने फोहोर मैला व्यवस्थापन तथा कार्यसाला गोष्ठी सम्पन्न भएको हो ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख सुवेदिले यस ठाँउको फोहोर मैला व्यवस्थापनमा मुख्य डम्पिङ गर्ने स्थान र सकलन गर्ने गाडीको व्यवस्था साथसाथै प्रसोधन केन्द्रको योजना समेतको चाँडैनै व्यवस्था गर्ने बताए ।

नगरपालिका घोषणा भएको एक वर्ष बित्दा समेत फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको प्रति स्थानीय चिन्तित देखिन्थे । क्लवका अध्यक्ष अजित अधिकारीको अगुवाहिमा बिभिन्न बिद्यालय, संघसंस्था लगायत स्थानीय हरुको सहभागितामा भएको उक्त कार्यक्रममा ब्यानर तथा प्ले कार्ड बोकेर वडा परिक्रमा गर्नुको साथै भिजियोलको माध्यम बाट नगरपालिकाका अधिकृत महेन्द्र खड्काले प्रशिक्षित गरेका थिए ।

सोहि दिन वडा भरी ८४ वडा स्टेण्ड सहितको फोहोर संकलन गर्ने डस्टविन समेत राखिएको क्लवका सचिव शिव काफ्लेले बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.