Websoft University

युनाईटेड युथको सरसफाई लक्ष्मीमार्गमा

मोरंङ-जेठ १४ गते । रातो तारा डट कम,
बेलवारी नगरपालिकाको वडा नम्वर ११ लक्ष्मीमार्ग स्थित रहेको युनाईटेड युथ क्लवले आईतवार वडाभरि सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बेलवारी नगरपालिको सहकार्यमा एक दिने फोहोर मैला व्यवस्थापन तथा कार्यसाला गोष्ठी सम्पन्न भएको हो ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख सुवेदिले यस ठाँउको फोहोर मैला व्यवस्थापनमा मुख्य डम्पिङ गर्ने स्थान र सकलन गर्ने गाडीको व्यवस्था साथसाथै प्रसोधन केन्द्रको योजना समेतको चाँडैनै व्यवस्था गर्ने बताए ।

नगरपालिका घोषणा भएको एक वर्ष बित्दा समेत फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको प्रति स्थानीय चिन्तित देखिन्थे । क्लवका अध्यक्ष अजित अधिकारीको अगुवाहिमा बिभिन्न बिद्यालय, संघसंस्था लगायत स्थानीय हरुको सहभागितामा भएको उक्त कार्यक्रममा ब्यानर तथा प्ले कार्ड बोकेर वडा परिक्रमा गर्नुको साथै भिजियोलको माध्यम बाट नगरपालिकाका अधिकृत महेन्द्र खड्काले प्रशिक्षित गरेका थिए ।

सोहि दिन वडा भरी ८४ वडा स्टेण्ड सहितको फोहोर संकलन गर्ने डस्टविन समेत राखिएको क्लवका सचिव शिव काफ्लेले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.