Websoft University

आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण

काठमाडौँ, जेठ १४ गते । रातो तारा डट कम, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा पेश गर्नुभएको हिजो २०७४÷२०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको आठ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ ।

यसमध्ये कालोपत्र ४४.३, खण्डास्मित २३.५ र कच्ची सडक ३२.२ प्रतिशत पुगेको छ । हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित छ हजार ९५६ र कच्ची सडक नौ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.