Websoft University
Latest Post



बिराटनगर,चैत ११ गते । रातो तारा डट कम,सत्यको आधिकार दिवस आज बिराटनगरमा एक कार्याक्रमको आयोजना गरेर पीडितहरुले मनाएका छन ।

२०१० सालमा संयुक्तराष्ट्र संघले हराएका आफना परिवारहरुलाई खाज्न पाउने अधिकारको ग्यारेन्टि गर्न पाउने प्रस्ताव पास गरेपछि यो दिवस मनाउन थालिएको हो ।

यो दिवस २०११ देखि विश्वका मुलुकहरुमा मनाउन थालिएको कुरा द्वन्द पीडित सभाचौतारी अध्यक्ष संस्थाका केन्दिय सदस्य रुपेस शाहले जानकारी गराउनु भयो ।

युरोपको एल-सल्वाडोरबाट सुरु भएको यो दिवस सातौ
भएको रुपेस शाहले जानकारी गराउनु भयो ।

यो दिवसले पेपता परिवारहरुलाई आफना हराएका परिवारको खोजि गर्न हौसला मिल्ने शाहले बताउनु भयो ।

बिराटनगर, चैत  ११ गत । रातो तारा डट कम,
चौध वर्षको उमेर छँदा काँधमा बन्दुक भिरेको फोटो दुई ठूला अखबारको बाहिरी पृष्ठमा छापिँदा उनी कम्ति हौसिएका थिएनन् । ‘दुश्मनलाई सिध्याएर’ नयाँ नेपाल बनाइछाड्ने उनको अठोट अझै दृढ भएको थियो ।

तर,अहिले समयले कोल्टे फेरिसकेको छ ।  ती बाल छापामार थिए, अछाम रामारोशनका कमानसिंह साउद (क.जोशिला) । उपनाम जस्तै उनी जोशै जोशले भरिएका थिए ।
पार्टीले दिएको निर्देशन पालना गर्दै सानो उमेरमा ठूला लडाईमा सामेल भए ।

बेनी, पाल्पा, बुटवल, कपिलवस्तु, रुकुम, पाण्डुसेन लगायत थुप्रै ठाउँका लडाईमा लड्दा उनको ज्यान धन्न जोगियो । उमेर र अनुभव वढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै गयो । प्लाटुन भिसीसम्म भए । 

तर विगतमा शोषक र सामन्ती भनेर ‘कारवाही’ गरिएका पात्रहरु नै पछि स-सम्मान पार्टीमा भित्रिन थालेपछि साउदमा निराशा बढ्यो । सांगठनिक असन्तुष्टि पनि चुलिँदै गएपछि अन्ततः उनी निस्कृय बनिदिए ।

जनयुद्ध लडेको दल शान्ति प्रक्रियापछि सत्तामा पुग्यो । आफ्नै पार्टीको सरकार आएपछि साउद आफ्नो शरीरमा लागेका गोलीका छर्राका दाग देखाउँदै धेरैपटक काठमाडौं धाए । पार्टी नेताहरुको दैलो चहारे । तर, केही हात लागेन ।

क्रान्तिको सपना देखेर जीवनमरणको लडाईमा होमिएका यी पूर्वछापामार अन्ततः म्यानपाावरलाई एक लाख ६० हजार रुपैयाँ वुझाएर मलेसियाको एक कम्पनीमा सेक्युरिटी गर्न आइपुगे । तलव पनि ठीक टाइममा नआउने कम्पनीमा उनले दैनिक १२ घण्टा विताउन थाले ।

करीव दुई वर्ष जसोतसो विताए । तर उनले सोचेजस्तोभएन। उनी त्यसै पनि रोगी थिए । बिस्तारै शरीरमा लागेका गोलीका छर्राहरु चिलाउन थाले । हुँदा-हुँदा शरीर नै सुकेर जानथाल्यो । कम्पनीले दिने मासिक पचास रिंगेट उपचार गर्दैमा सकिन्थ्यो, तर पनि रोग झन् बल्झँदै गयो ।

आफूलाई नेपाल फिर्ता झिकाउनको लागि उनले वारम्वार म्यानपावरलाई फोन गरिरहे, तर म्यानपावरले सुनेन । अन्ततः साउदले कम्पनी छाडिदिए । साथीभाइसँग चन्दा सकंलन गरेर नेपाल पुगे ।

यतिबेला फेरि पनि उनी सिंहदरबार धाउँदैछन् । विगतमा आफूले सुरक्षा दिएका पुराना नेताहरुलाई भेट्दैछन् । सकभर प्रधानमन्त्रीलाई नै भेट्ने चाहना छ उनको तर पूरा भएको 
छैन ।

उनका आँखामा अहिले आँशु छचल्किएको देख्न सकिन्छ । भावुक बन्दै भन्छन्, ‘राज्य बदल्न भनेर बन्दुक वोकाइएका मजस्ता हजाराैं  युवाहरु खाडीमा हाड घोटिरहेका छन् । नेताहरु सत्ताको सिरक ओढेर आरामले निदाइरहेका छन् । के यही हो नयाँ नेपाल ? अनलाइन बाट


काठमाडौं, चैत ११ गते । रातो तारा डट कम,
स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल निर्धारण भएको छ । निर्वाचन आयोगले बिहीबारसम्म विवरण पठाइसक्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।

६४ वटा जिल्लाले मतदानस्थल निर्धारणको विवरण पठाए पनि मतदान केन्द्रबारे भने अझै टुंगो लागेको छैन । आयोगले गाउँपालिका र नगरपालिकाको वडामा रहेका मतदाता नामावलीको अन्तिम टुंगो लगाउन बाँकी रहेकाले मतदान केन्द्र टुंगो लाग्न नसकेको हो । 

आयोगले एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । दुई नम्बर प्रदेशका ८ जिल्लासहित तीन पहाडी जिल्लाबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रदेश नम्बर दुईका आठवटा जिल्लाले एक–दुई दिनभित्रै मतदानस्थलको विवरण पठाउने आयोगका कर्मचारीले दाबी गरेका छन् । २ नम्बर प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् ।

छुट भएका दलले निर्वाचनमा सहभागी हुन पाउने
निर्वाचन आयोगमा जिल्लामा दर्ता छुट भएर निवेदन दिने दलहरूलाई स्थानीय निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ । आयोगको बैठकले जिल्लामा दर्ता गर्न छुट हुनुको चित्तबुझ्दो कारणसहित निवेदन दिएका दललाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको हो ।

आयोगले जिल्लामा दर्ताका लागि छुटेका दललाई २६ फागुनमा तीन दिनको म्याद दिएर निवेदन दिन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा म्यादभित्र निवेदन दिएका दलहरूबारे आयोगले निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, जनमोर्चालगायतका दलले केही जिल्लामा दर्ता गर्न छुटाएका थिए ।

आजै देखि मतदाता शिक्षा अभियान
आयोगले चैत १७ गते देखि मतदाता शिक्षा कार्यक्रम देशभर सञ्चालन गर्दै छ । यसैको तयारी गर्न आयोगले क्षेत्रीयस्तरमा शनिबार र आइतबार तालिम सञ्चालन गर्दै छ ।

जिल्लाबाट आएका प्रतिनिधिलाई १२ समूहमा विभाजन गरी विराटनगर, सिन्धुली, हेटौँडा, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तालिम दिने तयारी आयोगले गरेको हो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.