Websoft University
Latest Post



काठमाडौं, फागुन १२ गते । रातो तारा डट कम-
राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

घटना गत मंगलबारको हो । काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ गर्‍यो ।

४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको अभियोग लगाइएको थियो । ६ जनाको समूहले काका-भतिजलाई ट्याक्सीमा राख्यो तर, अख्तियारको कार्यालय टंगाल होइन, डल्लु पुर्‍यायो ।

डल्लु पुर्‍याएपछि खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै काका-भतिजको पर्स लुटेर लग्यो ।

लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् ।

लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् ।

नारायण मंगलबार विहान ११ बजे नै न्यूरोड पुगेका थिए । 
र, करिव २ः४५ बजेतिर बैंकमा पुगेका खराल काका-भतिज उनीहरुको लुटको शिकार भए ।



मोरङ, झापा, फाल्गुन १२ गते। रातो तारा डट कम-
मोरङ र झापामा बुधबार साँझ भएको आगलागीबाट अन्दाजी पाँच लाख पचासी हजार बराबरको क्षति भएको छ।

मोरङको थलहा गाबिस ८ बस्ने थेमन्त राजबंशी र छिमेकी सोले राजबंशीको घरमा बिधुत सर्ट भई आगलागी हुँदा फुसले बनेको दुई वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ।

 साँझ ५; ४५ बजे तिर भएको आगलागीबाट अन्दाजी ३ लाख ५० हजार बरावरको क्षति भएको पिडितहरुले बताएका छन्। यसैगरी झापाको कन्काई नगरपालिका ९ बस्ने मोहमद अली हकको कुखुरा नभएको फर्मममा आगलागी हुँदा अन्दाजी २ लाख ३५ हजार बराबरको क्षति भएको पिडितले बताएका छन्।

बेलुका ७ बजेको समयमा अचानक आगलागी हुँदा उक्त फर्म पुर्ण रुपमा जलेर नष्ट हुँदा सो क्षति भएको हो। उक्त आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा साढे छ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



काठमाडौं,फागुन १२ गते। रातो तारा डट कम -
अन्तराष्ट्रिय समाचार-अमेरिका-अमेरिकामा काम गर्दै पढ्छु भन्ने योजना छ भने अव यो कठिन हुने भएको छ । स्थायी बसोबासका लागि शरणार्थी वा आश्रय माग्ने (असाईलम) पाउनपनि मंगलवार इमिग्रेसन सम्वन्धि मामिला हेर्ने डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीले जारी गरेको निर्देशनले मुस्किल वनाएको छ । 
यसवाट २ बर्ष यता अमेरिका आई कलेजको शुल्क उठाउन वर्क परमिट बिना काम गर्ने विद्यार्थी र असाईलमका लागि निवेदन दिएका र दिने तयारीमा रहेकापनि प्रभावित हुने भएका छन् ।  यो कुरा नेपाली सरकारले पनि सिक्न जरुरी भइ सकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलवार जारी गरेको इमिग्रेसन कानुन कार्यान्वयन कडा वनाई गैरकानुनी रुपमा अमेरिका वस्दै आएका आप्रावासीलाई पक्राउ गरी फिर्ता पठाउने निर्देशनले यस्तो अवस्था सिर्जना भएको हो ।  
होमल्याण्ड सेक्यूरिटीले मंगलवार जारी गरेको दुईवटा मेमो (निर्देशन) मा गैरकानुनी रुपमा अमेरिका वस्दै आएकालाई कडाई गर्ने र यसका लागि जनशक्ति थप गर्ने उल्लेख छ । यो निर्देशनले २ बर्ष यता अमेरिका आएका काजगात विहिन आप्रावासी, काम गर्ने अनुमती वर्क परिमिट नभए पनि काम गर्ने, मेक्सिको लगायत गैरकानुनी रुपमा अमेरिका छिर्ने र अमेरिकामा आश्रय (असाईलम) माग गर्ने निशानामा पर्ने भएका छन् । 
होमल्याण्ड सेक्यूरिटीले संघीय र स्थानिय प्रशासनसँग मिलेर इमिग्रेसन कानुनको कडा कार्यान्वयन गर्ने जनाएको छ । यसका लागि सिमा गस्तीमा ५ हजार र इमिग्रेसन एण्ड कस्टमस् इन्फोरस्मेण्ट (आईसीई) मा १० हजार जनशक्ति थप गरिने भएको छ । यसका लागि आवश्यक बजेट व्यवस्थाको व्यवस्था भने भईसकेको छैन । राष्ट्रपति ट्रम्पले चुनाव प्रचारका क्रममा गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउने घोषणा गरेका थिए । कागजात नभएका अपराधमा संलग्नलाई तत्काल हटाउने राष्ट्रपतिले बताउँदै आएका थिए । 
अमेरिकामा करिव १ करोड १० लाख कागजात विहिन आप्रावासी रहेको अनुमान छ । गैर कानुनी भन्नाले वर्क परमिट, ग्रीनकार्ड या नागरिकता लगायत वैधानिक रुपमा काम गर्न र बसोबास गर्न नपाउने व्यक्तीहरु पर्छन् । यी आप्रावासीलाई फिर्ता पठाउने चुनावी नारा पुरा गर्न राष्ट्रपति ट्रम्प अग्रसर भएपनि व्यवहारीक रुपमा कठिन हुने कानुन विज्ञहरु बताउँछन् । केही दिन अघि साताव्यापी छापा मर्दा करिव ६ सय ८० जना आप्रावासी पक्राउ परेका थिए । तर, यो छापा प्रति आप्रावासी अधिकारवादीहरुले कडा प्रतिवाद गरेका थिए ।
अमेरिकामा कानुन तह रोजगारी गर्न चाहिने वर्क परमीट विना काम गर्न र आश्रय (असाईलम) खोज्नेलाई मंगलवार आएको निर्देशनले थप कठिन बनाएको छ' इमिग्रेसन सम्वन्धि कानुनी परामर्श दिदैं आएका वकिल बासु फुलाराले मंगलवार हिमालयखवरसँग भने-'यो नयाँ व्यवस्थाले घुम्न वा विद्यार्थी भिषामा आएको छ यहां काम गरिरहेको भेटियो भने पनि डिर्पोटेशन हुन सक्छन ।'
उनका अनुसार शरणार्थी माग गरेका वा माग्ने तयारीमा रहेकालाई पनि पहिले जस्तो सजिलो हुने छैन । शरणार्थी वा आश्रय माग गर्नेले पेश गरेका विवरण सही छन वा छैनन् (क्रिडेवल फियर हो होइन )यसलाई थप अनुसन्धान गरिने नयां निर्देशनमा उल्लेख छ । यस अनुसार गलत विवरण दिएर शरणार्थी माग गर्नेलाई पनि फिर्ता पठाइने नयां निर्देशनमा थप व्यवस्था गरिएको छ । 
अहिले पनि अमेरिकामा आश्रय (एजाइलम)का लागि निवेदन दिएर निर्णय पर्खिएका नेपालीको संख्या सयौंमा छ । पक्राउ परेपछि एजाइलम माग गर्दा अमेरिका भित्रै वसेर मुद्दा लड्न पाइने हालको व्यवस्थालाई पनि कडा वनाउने निर्देशनमा उल्लेख छ । 
नेपालमा गएको महाभुकम्पका कारण टीपीएसको सुविधा दिएकाले धेरै नेपालीलाई भने केही राहत पुगेको छ । तर, दुई बर्ष यता अमेरिका आएका, यहाँ बस्ने कानुनी कागजात नभएका, आश्रय मागेका र माग्ने क्रममा रहेकालाई भने मंगलवारको निर्देशनले यहां वस्न मुस्किल वनाएको छ । 
गैरकानुनी रुपमा मेक्सिको वा अन्य स्थानवाट अमेरिका छिरेर यहां कानुनी रुपमा वस्ने कागजात वनाउन पनि अव कठिन
छ । कयौं नेपालीहरु गैरकानुनी रुपमा मेक्सिको हुदैं अमेरिका आउने गरेका छन् । कयौं विद्यार्थीहरुले वर्क परमिट नभएपनि कलेजको शुल्क उठाउन काम गर्दै आएका छन् ।
मंलगवार होमल्याण्ड सेक्युरिटीज्ले दिएको निर्देशनमा समात्ने र छाड्ने विगत नीतिलाईलाई परिवर्तन गरेको छ । अव समात्ने र छाड्ने होइन गैरकानुनी रुपमा वस्नेलाई फिर्ता पठाउने  नीति लिईएको छ । २ बर्ष निरन्तर अमेरिका वसेको पुष्टी गर्न नसक्नेलाई संघिय अधिकारीलाई थप कारवाही गर्न सक्ने अधिकार प्रदान गरिएको छ । अनलाइन बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.