Websoft University
Latest Post


झापा,पुस २४ गते । (सुरेन्द भण्डारी) बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् ।

गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी वास्तोलाको गृहमन्त्रालय सरुवा भएसंगै बिर्तामोड उद्योग वाणिज्य संघ सहित विभिन्न संघ संस्थाले संयुक्त रुपमा अभिनन्दन गर्दै  प्रमुख जिल्ला अधिकारीलाई  बिदाई गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी वास्तोलालाई कार्यक्रमका प्रमुख अतिथि शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले कदरपत्र प्रदान गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिखा खड्का गणेशले गरेकी थिइन् भने  विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै  वीरता जेडी जेसीजकी अध्यक्ष निशा शाक्य, शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे)अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका

 क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गैरआवासीय

 नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’

यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको समाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नगारिकता प्रदान गरिसकिएको भएपनि त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक

 सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाईदिनहुनको लागि अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष डा केसीले गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गर्नुभयो ।  उक्त अवसरमा  अध्यक्ष डा केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति

 र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा मन्त्री चौरसियाले भन्नुभयो, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल भइरहेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै

 आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे हामी छलफलमा छौँ । र झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको छ ।’

सो अवसरमा संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि मन्त्रालयमार्फत अध्यागमन विभागद्वारा कार्यान्वयनको लागि पहल गरिदिन,  गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद

 र सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक कानून निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरा सहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, नेपाल

 सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रुपमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।

जवाफमा मन्त्री चौरसियाले यी सबै विषयबस्तु समेट्ने गरी  झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

सो  अवसरमा  मन्त्रालयका तर्फबाट सचिव उदयराज सापकोटा सहसचिव  अरुणा जोशी समेत सहभागी हुनुहुन्थ्यो । यस्तै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना प्रमुख कार्यकारी अधिकृत राजेन्द्र   कुमार राउत र सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।


मोरङ, २०८१ पुस २४ गते । मोरङको बुढिगंगा गाउँपालिका(४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह(चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ ।  पुस २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्यपरिक्षण तथा लापसे जाँच गरीएकोथियो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने  दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ । यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सवै भन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउछ ।  ति मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ अस्पतालको सहकार्यमा संचालन भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता ५५ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने ११ जना सवारीका चालकहरुले लापसे सेवन गरेको पाईएकोले आवश्यककारवाहीको लागी नियन्त्रणमा लिईएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.