Websoft University
Latest Post


बिराटनगर, पुस २२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः संचालन गरेको छ । विविध कारणवस संचालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते  संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ(आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण  टेलिफोन संवादका माध्यमबाट  प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय विराटनगरले यो कार्यक्रम पुनः संचालनमा ल्याएको हो ।

“प्रदेश प्रहरीसंग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय बिराटनगरले निरन्तररुपमा संचालन गर्ने छ ।


बिराटनगर पुस २२ गते |आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी तिव्र गतिमा भईरहेको छ । आठौ संस्करणका रुपमा यसपटकको विराट एक्स्पो विराटनगरको डिग्री क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ , मिति २०८१ माघ ११ गते देखि २० गतेसम्म हुनेछ ।

संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सबको नामबाट गरेको थियो । आज २०८१ सालमा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । यो विशुद रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नँया प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ  पुर्याउनेछ ।

यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा केन्द्रित दैनिकरुपमा फरक फरक बिषयमा शेमिनारहरु आयोजना गरिएको थियो । नवप्रवर्तननई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागी रोजगार पेभिलियन, पर्यटन प्रवर्धनका लागी पर्यटन पेभिलियन र लगानी पेभिलियनहरुको छुट्टा छुट्टै व्यवस्थापन गरि समग्र औद्योगिक विकासको इकोशिष्टमको प्रवर्धन गर्ने प्रयास गरि केहि फरक र नँयापन दिने प्रयत्न गरिएको थियो ।

युवा पलायन वर्तमान समयमा सवत्र चासो र चिन्ताको विषय भईरहेको अवस्थामा युवालाई स्वदेश मै काम गर्नसक्ने वातावरण तयार गर्न फाउण्डेशनबाटै काम गर्नुपर्दछ भन्ने मान्यताका साथ यस पटक आठौं संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मको रुपमा प्रयोग गरिनेछ । एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ । विशेषगरि युवाहरुले डिजीटल प्रविधिमा आधारित रहेर संचालन गरेको उद्योग÷व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरि करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, क्तबचतगउ ख्ष्कष्यल प्यकजष् ज्बअपतजयल, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवि विराट बजार, विजनेश क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको छ । त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोवाईल लगायतको सहभागिताका अलावा उद्यमशिलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन हुने गरी व्यवस्था मिलाईएको छ । एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक शेशनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रवर्धन गर्नका लागी गन्तब्यहरुको प्रवर्धन, पर्यटन पूर्वाधार, सााँस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसंग जोड्ने फरवार्ड र व्याकवार्ड लिकेंज अभिबृद्धि गर्ने विभिन्न कृयाकलापहरु सञ्चालन गरिनेछ ।  

उद्योग संगठन मोरङले विगत केही समय देखि व्यावसायीक विकासको ईको सिस्टमलाई प्रवद्र्धन गर्ने अभिप्रायले फाउण्डेशनका रुपमा गर्दै आएको कार्यलाई स्थापना गर्ने भावनाका साथ यसपटकको आठौं संस्करणमा बिराट बजार बिटुबि, बिराटनगर इन्कुबेश सेन्टर एवं भिजन कोशी हाकाथन, रोजगार कोशी : प्राविधिक शिक्षाको महत्वबारे करिअर काउन्सेलिङ, डिजिटल कोशी -एआई कन्फेरेन्स, थिमेटिक शेसनहरुलाई विशेष महत्वका साथ समावेश गरेको छ ।

यस पटकको विराट एक्स्पो २०२५ को थिम, माष्कट र मुख्य कार्यक्रम, हाइलाइट तथा आकर्षणहरु निम्न बमोजिम छन | मिति २०८१ माघ ११ देखि २० गतेसम्म स्थान  डिग्री क्याम्पस परिसर, विराटनगर १४ समय  बिहान १० देखि राती ८.०० बजेसम्म, पेभिलियन तथा स्टल सङ्ख्या  २६८ वटा रहनेछन |

एक्स्पोमा ९ पेभिलियन रहने छ । जसमध्ये बिराटबजार बिटुबि (१२ वटा स्टल), स्टार्टअप भिजन कोशी ह्याकाथुन  (१२ वटा स्टल), रोजगार कोशी (१२ वटा स्टल), व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि (४० बटा स्टल), अटोमोवाइल्स (२० वटा स्टल), औद्योगिक (७५ वटा स्टल), औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज (७५ वटा स्टल), खाद्य (१० वटा स्टल) र प्रायोजकका (१२ वटा स्टल) रहने छन ।

कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापहरुमा डिजिटल प्रविधिको प्रयोग र प्रविधिमा आधारित नविनतम ज्ञान एवं लगानीलाई समन्वयात्मकरुपमा प्रोत्साहन गर्न यसपटक डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिम चयन गरिएको छ ।

 माष्कटमा एक रोबोटको चित्र छ । रोबोटको अर्थ अब स्वचालित यन्त्रको प्रयोगलाई बढाउनुपर्छ र हामीले अटोमेसनलाई आत्मसात् गर्नुपर्छ भन्ने    हो । रोबोटको शरीर मकैको घोगाले कृषि क्षेत्रको उत्थान, हातमा उद्योगको भवनले डिजिटल प्रविधिमा आधारित कृषिजन्य उद्योगलाई प्राथमिकता, शिरमा सगरमाथाको चित्रले पर्यटन विकासलाई जनाएको छ । यसप्रकार डिजिटल प्रविधिमा आधारित कृषि, कृषिजन्य उद्योग र पर्यटनको विकास नै यस मासकटको मूल सन्देश हो ।

 विराट बजार विटुवि पेभिलियन विराट एक्स्पो २०२५ को महत्वपूर्ण आकर्षण हो । औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्ने संगठनको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई संगठनले सेन्टर फर एक्सिलेन्सका रुपमा अघि बढाएको छ ।

गुणस्तरिय व्यवस्थापन प्रणाली स्वः परिक्षणको व्यवस्था, उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन । डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र सो को नतिजा तुरुन्त प्राप्त गर्ने गरि व्यवस्था मिलाईएको छ ।

 भर्चुअल विजनेश क्लिनिक 

यसपटकको एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा विकास गरि अवलोकनकर्ता उद्योगी व्यवसायीहरुको उद्योग विशेषका समस्याहरुलाई दर्ता गराउने व्यवस्था मिलाइएको छ ।

यस हाकाथनमा १० दिनको प्रतिष्पर्धा गराईने छ । नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले गर्न लागिएको यस पेभिलियनमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्यालाई प्रविधिमा आधारित बिजनेश विकास गर्न इच्छुक युवाहरुलाई छनौट गरि १० कार्यदिनमा समाधान निकाल्ने गरि ह्याकथुन कार्यशालामा राखिन्छ र कार्यक्रमको अन्त्यमा इन्भेष्टर्स मिट तथा नीतिगत छलफलका स्टार्टअप कन्फेरेन्स समेत आयोजना गरिने छ ।

  रोजगार कोशी

रोजगार कोशी पेभिलियन अन्तरगत युवाहरुलाई करिअर काउन्सेलिङ गर्दै  हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

  इनर्जि ईफिसियन्सी कार्यक्रम

संगठनले सञ्चालन गरेको इनर्जी ईफिसियन्सी सम्बन्धी कार्यक्रम अन्तरगत इनर्जी अडिट, फायर सेफ्टी अडिट लगायतका सेवाहरुका बारेमा एक्स्पो अवधीमा जानकारी गराई उद्योगीहरुलाई इनर्जी इफिसियन्सी अडिटका लागी प्रोत्साहित गर्ने कार्यक्रम रहेको छ ।

 मेरो  देश मेरै उत्पादन अभियान

स्वदेशी उत्पादनको प्रवर्धनका लागी सञ्चालन गरिएको अभियान मेरो देश मेरै उत्पादनलाई प्रवर्धन गर्न अनलाईनबाट आवेदन माग गरि ईच्छुक स्वदेशी उद्योगी व्यवसायीको ब्राण्डिङमा सघाउ पुर्याईने छ ।

  डिजिटल तथा विजनेश डेभलपमेन्ट सर्भिस पेभिलियन

यस पेभिलियनको पहिलो खण्डमा आईटि तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्दतीहरु समेटिएको छ । दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवंम फण्ड म्यानेजमेन्ट कम्पनीहरु, विमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरु तथा प्रकृयाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका का बारेमा सूचना सेवाहरु एक्स्पोमा समावेश गरिएको छ ।

  थिमेटिक शेसन

एक्स्पो अवधीभर विविध विषयमा थिमेटिक शेशनहरुको आयोजना गरिने छ । बिशेषतः उद्यमशिलता विकासको सन्दर्भमा नीतिगत, कानुनी, प्रकृयागत बिषयहरुमा संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरु र वहुपक्षिय सरोकारवालाहरुको सहभागितामा गहन छलफल तथा बहस गर्ने गरिने छ । आठ दिन ईन्टरप्राईजिङ ईष्ट, डिजीटल कोशी अन्तर्गत ए.आई प्रविधिको विकास र यसको वढदो उपयोगिता, वहुपक्षिय व्यापारको सम्भावना, टिभेट ईकोसिस्टमको सुदृढिकरण, स्टार्टअप, कोशी प्रदेशको औद्योगिकीकरणमा गुणस्तरीय उर्जाको उपलब्धतता विषयक थिमेटिक सेसन र अन्त्यमा उद्योग संगठन मोरङको विजनेश क्लिनीकमा उद्योग मन्त्रीज्यूको उपस्थितीमा उद्योग व्यावसाय क्षेत्रले भोग्दै आएका समस्याका सम्वन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

 थिमेटिक फैशन शो

प्रविधि विकाससंगै मानिसको दिनचर्यामा भईरहेको परिवर्तनलाई मध्यनजर गरी प्रविधि र फैशनको फयूजन गरी एक्स्पो अवधिमा थिमेटिक फैशन शोको आयोजना गरिने छ ।

  उत्कृष्ठ उद्यम्मी पुरस्कार

एक्स्पोमा सहभागीहुने सबै प्रदर्शनकर्ता उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न  कृषि, उद्योग, ब्यापार, अटोमोवाईल्स, स्पन्सर÷पेभिलियन÷अन्तर्राष्ट्रिय विधाहरुमा उद्योगीहरु छनौट गरि समापनका अवसरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

 सांस्कृतिक कार्यक्रम

एक्स्पो अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रुपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्वु, सौरभ भट्टराइ, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।  

 विद्यार्थीहरुका लागी बिशेष कार्यक्रम

यस एक्स्पोमा विद्यार्थीहरुका लागी गाईडेड टुरको व्यवस्थापन गरिएको छ । विद्यार्थीहरुलाई विराट एक्स्पोमा रहेको पेभिलियन र तालिम अवलोकन गराईनेछ र ४ वटा स्थानमा बिटुबि, रोजगार, स्टार्टअप र डिजिटल पेभिलियनमा आधा आधा घण्टाको अन्तरकृया गरि त्यस बारे जानकारी गराईनेछ । हरेक दिन विभिन्न विज्ञ तथा मेन्टरहरुसंग साक्षात्कार गराईने छ । प्लस टु र सो भन्दा माथी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि प्रत्येक दिन ५ वटा कलेजका बढिमा प्रति कलेज ५० जना विद्यार्थीहरुको समुहलाई सम्बन्धीत कलेजले सहभागी गराउने छ । बिहान १० बजेदेखि ११ बजेसम्म दैनिकरुपमा सञ्चालन हुने यस कार्यक्रममा प्रवेश पास निशुल्क गरिएको छ । यसका लागी संगठनको वेवसाईटमा गई कलेजहरुले समय बुक गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

  प्रवेश शुल्क सम्बन्धी व्यवस्था  

बिहान १० बजे देखि दिउसो ३.३० बजेसम्म प्रवेश शुल्क रु १००, दिउसो ३.३० बजेदेखि ४.०० बजेसम्म आधा घण्टा ब्रेक, दिउँसो ४ बजेदेखि पछि रु २०० कायम गरिएको छ | 

विराट एक्स्पो २०२५ को आन्तरिक तयारी सबै पुरा भईसकेको छ । र अब हामी फिल्डको निर्माणको चरणमा प्रवेश गरेका छौ । एक्स्पो सम्बन्धीका सबै सूचना तथा अपडेटहरु संगठनको वेवसाईट  धधध।अष्m।यचन।लउ मार्फत हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

एक्स्पोको टाईटल स्पोन्सरका रुपमा कम्पनीको नाम साईमेक्स प्रा.लि. वि.वाई.डि रहेको छ । विवाईडि विराट एक्स्पो २०२५ को टाइटलबाट यस पटकको एक्स्पो आयोजना हुनेछ । विवाई डि ले विराट एक्स्पोमा मात्रै होइन, संगठनका कार्यक्रमहरु बिशेष गरि बिराट बजार बिटुबि, स्टार्टअप हाकाथन, रोजगार कोशीको सञ्चालनमा समेत छुट्टै सहयोग गरेको छ । बिशेत ः उद्यमलिशता विकासको इकोशिष्टम विकासमा फाउण्डेशनका रुपमा रहेका संगठनका कार्यक्रमहरुलाई यसरी उच्च महत्वका साथ गरेको सहयोग प्रति विवाईडि लाई हार्दिक आभार प्रकट गर्दछौ । त्यसैगरि, गोल्ड स्पन्सरमा सेन्चुरी स्पाईसेस एण्ड स्यान्क्स, वैंकिङ पार्टनरमा नविल वैंक लि., इन्स्यारेन्स पार्टनरमा एन.एल.जि इन्स्योरेन्स, सिल्भर स्पन्सरमा वागमति आयल ईण्ड, पूर्वाञ्चल ल्यूव आयल, लोक्ता, क्वालिटी, निमेटो टाईल्स, ईको फयाव, सानिमा वैंक लि., शिखर इन्स्योरेन्स रहेको छ । प्रवद्र्धकमा कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश रहेको छ । सहयोगी संस्थामा मोरङ उद्योग व्यापार संघ, डिग्री क्याम्पस विराटनगर रहेको छ । नेपाल मल्टिट्रेड सेन्टर, एम एम गु्रप, आर.के.जी ग्रुप, कावरा जी ग्रुप, फुजिमा आयल कम्पनी, प्रिमीयर वायर्स, न्यू ए.सि.सि. ईट्टा उद्योग प्रा.लि., पशुपति पोलिप्रोपलिन ईण्ड प्रा.लि., रविन्द्र होजियारी ईण्ड रहेको छ । प्लयधभिमनभ एबचतलभच मा पूर्वाञ्चल विश्वविद्यालय, त्ख्भ्त् एबचतलभच मा इन्स्योर परियोजना, स्टार्टअप पार्टनरमा सहज, ईन्टनरनेट पार्टनरमा नेपाल टेलिकम, अटोमोवाईल डिलर एशोसिएसन (माडा),  एडभरटाइजिङ रहेको छ ।  

 रोजगारी कोशी पेभिलियनमा सञ्चालन हुने तालिममा सहकार्य साष्थम कलेजले कफि, मनमोहन प्राविधिक विश्वविद्यालयले मोटर वाईन्डिङ, टेक्फिनिटि सोलुसनले सिसि टिभि, टिभेट पार्टनरमा स्विस सहकारको सहकायोगमा सञ्चालित इन्स्योर, क्यालीटी तथा एनभिक्युयस परियोजना रहेका छन । त्यसैगरि, भिजन कोशी हकाथनमा विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय कार्यान्वयन, प्रवद्र्धकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, अमेरिकन कर्नर विराटनगर, सहज, कलेजले नलेज पार्टनर, इकोशिष्टिम पार्टनरमा एन्जल ईभेन्ष्टर विराटनगर, वलियो भेन्चर, एक्सेस आउटसोर्स, विकल्प, टेक्फिनीटी, आवर विराटनगर, पिजन एडभरटाईजिङ रहेको छ ।

 अन्त्यमा, एउटा प्रष्ट थिममा आयोजना गर्न लागिएको यस एक्स्पोलाई भब्य बनाउनका लागि संगठनको सम्पूर्ण टिम यद्धस्तरमा परिचालित भएको छ । आदरिणय पत्रकार मित्रहरु तपाईहरुले संगठनका हरेक कृयाकलापहरुलाई यहाँको लोकप्रिय सञ्चारमाध्यमबाट आम सरोकारवाला माझ पु¥याई सधैं सहयोग गरिरहनु नै भएको छ यस प्रति तपाई तमाम सञ्चारकर्मी मित्रहरुमा हार्दिक आभार प्रकट गर्दै यस पटकको विराट एक्स्पो २०२५ का बहुआयामिक पक्ष तथा सूचनाहरूलाई सम्पे्रषण तथा प्रचार–प्रसार गरी सदाझैँ एक्स्पोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याइदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौँ ।



विराटनगर पुस २१ गते । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ ।महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गर्नुभयो । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो । त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ ।

त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै संकलन भएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्धौं नगरसभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताउनुभयो । सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको भनाइ थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल,  ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण सम्पन्न गरेको मेयर कोइरालाले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा वीएफएम अगाडिको सडक हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु भइसकेको उहाँले बताउनुभयो । विराटनगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न पाँच स्थानमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान भई सञ्चालन आइसकेको छ ।

पुष्पलालचोक–पानी टंकी सडकअन्तर्गत करिब १२ सय मिटर सडक जीर्णोद्वार सम्पन्न गरिएको, विराटनगरको खानेपानी समस्या साधानका लागि जाइकाको अनुदान सहयोगमा धमाधम पाइप बिछ्याउने काम भइरहेको, विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना जारी रहेको, ढल नालासहित सरसफाई कार्य प्रभावकारी रुपमा सञ्चालन भइरहेको, विराटनगरको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने उद्देश्यले विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको समेत मेयर कोइरालाले उल्लेख गर्नुभयो । त्यस्तै कोइरालाले नगर प्रहरीले महानगरवासीको घरभित्र छिरेको सर्प समाएर व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको, बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको, १९ वटै वडामा पाठेघरको क्यान्सरको जाँच भइरहेको, महानगर अटिजम सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको, बिरामीहरूको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विवरण डिजिटल हेल्थ प्रणालीमा राख्ने कार्यका लागि प्रक्रिया अगाडि बढाइसकिएको, यसअघि सञ्चालनमा रहेका स्वास्थ्य शिविर, आँखा शिविर, ज्येष्ठ नागरिकको घरमा पुगेर दिने स्वास्थ्य सुविधालगायतलाई निरन्तरता दिइएको बताउनुभयो ।

मदिरा तथा सुर्तीजन्य पदार्थसहित सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, सभ्य र मर्यादित रुपमा सञ्चालन गर्न सचेत गराउने र नियमन गर्ने कार्य भइरहेको समेत मेयर कोइरालाले बताउनुभयो । गीत, गजल र दोहोरी साँझका कारण बढ्दो ध्वनि प्रदूषणलाई अनुगमन समिति बनाएर नियन्त्रण गर्ने कार्य जारी रहेको, रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्ने उद्देश्यले महानगरले रोजगार मेला आयोजना गरी १९३ जनालाई रोजगारदाताहरूसँग जोडिएको, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

अधिवेशनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले प्रस्तुत गरेको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक २०८१ पारित भएको छ । अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन संयोजक बलराम कारन्जित, विधेयक समितिको प्रतिवेदन संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिको प्रतिवेदन संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिको प्रतिवेदन संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन संयोजक वासुबहादुर बस्नेत र सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन संयोजक सूर्यलाल यादवले प्रस्तुत गर्नुभयो । सबै विषयगत समितिका संयोजकहरूले चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म गरेका उपलब्धिहरू प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने अवस्था नदिएकाले कार्यक्रम र योजनाको शीर्षक मात्रै संशोधन गरिएको बताउनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.