Websoft University
Latest Post


विराटनगर, २०८१ पुस २१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २१ गते कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वँहाले कार्यरत प्रहरी कर्मचारीहरु, सम्पुर्ण शाखाहरु, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । 

निर्देशनको क्रममा वँहाले प्रहरी कर्मचारीहरुले सैद्धान्तिक र व्यावहारिक रुपमा हासिल गरेका ज्ञान र सिपलाई समय सापेक्ष कर्तव्य निष्ठ भई उच्च मनोवलका साथ व्यावसायिक तवरबाट कार्य सम्पादन गर्न तथा अनुशासित र चेनअफ कमाण्ड अनुसार सांगठानिक नीति र निर्देशनको पालना गरी आफ्नो पदिय दायित्व अनुसार सुम्पिएको जिम्मेवारी बहन गर्न निर्देशन दिनु    भयो । निर्देशनकै क्रममा वहाँले प्रहरी जनताको जिउ धनको सुरक्षाको निम्ति खटिने संगठन भएकोले जुनसुकै बेला हुन सक्ने सम्भावित खतरा, विपद, हुलदंगा लगायत सुरक्षाका चुनौतीहरुमा परिचालन हुनको निम्ति शारिरिक तथा मानसिक रुपमातयारी अवस्थामा रहन निर्देशन दिनु भयो । यसका साथै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुबाट हुने गैर जिम्मेवार र आचरण विपरितका कार्यमा क्षम्य नहुनेसमेत बताउनु   भयो ।

वहाँले भिड नियन्त्रणको क्रममा प्रहरी घाईते हुँदा पनि नागरिलाई सुरक्षा प्रदान गरी समाजमा शान्ती सुरक्षा र अमन चयन कायम राख्न अहम भुमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै त्यस्तो अवस्थामा प्रहरीले जनतालाई विशेष प्राथमिकतामा राखेर सम्यमित भई जनधनको क्षेती हुन नपाउने गरी शान्ती सुरक्षा कायम राख्नु प्रहरीको कर्तव्य रहेको बताउदै यस्तो सराहनिय कार्यले सदैव सर्वत्र प्रशंसा भई संगठनको छवि उच्च हुने विश्वास दिलाउनु भयो  ।

निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण रानी विरानगरका गणपति प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले गणको जनशक्ति परिचालन, दैनिक कार्य तालिका तथा सम्पादित कार्यहरुका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।


विराटनगर पुस २१ गते | नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् ।

बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । 

बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोस्रो नेता कोइराला बन्नेछन् ।

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए । नेता कोइरालाको राजनैतिक व्यक्तित्व निकै बढ्ने उनको भनाइ थियो ।

नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका छन् । सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानवअधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षको निरन्तर वकालत गरिरहेकाले संसद भवनभित्र सम्बोधनका लागि डा. कोइरालालाई निमन्त्रणा गरिएको बताइएको छ ।

नेता कोइरालाको बेलायत भ्रमणलाई लिएर नेपाली कांग्रेसका विभिन्न नेता र कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाएका छन् । कांग्रेसका विराटनगर नगर सभापति दीपक चापागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गर्व लाग्छ नेपाली कांग्रेसभित्र डा. शेखर कोइरालाको कार्यकर्ता भएकोमा ।’ राष्ट्रिय राजनीतिसँगै अन्तर्राष्ट्रियस्तरमा समेत शेखर कोइरालाको महत्व बढेको चापागाईंको बुझाइ छ ।

हिसानका केन्द्रीय उपाध्यक्षसमेत रहेका राजनैतिक विश्लेषक भेषराज पोखरेलले बेलायतले दिएको उच्च सम्मानले डा. शेखर कोइरालाको राजनैतिक उचाइ बढाएको प्रतिक्रिया दिए । नेता कोइरालाको कांग्रेसभित्र मात्रै होइन र राष्ट्रिय राजनीतिमै महत्व र आवश्यकता बढाएको पोखरेलको बुझाइ छ । बेलायतको संसदभित्र बोल्ने विषयवस्तुमाथि गम्भीर अध्ययन गरेर पूर्ण तयारीका साथ जान नेता कोइरालालाई विश्लेषक पोखरेलले सुझाव दिए ।


विराटनगर पुस १९ गते | विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ ।

धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायीलगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको   हो । बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएको भन्दै पार्किङ पनि व्यवस्थित गरिने भएको छ । अबदेखि सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ ।

 निर्णय कार्यान्वयन भए–नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ । समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन् । अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ ।

मेयर कोइरालाले विद्यार्थीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए व्यवसाय नवीकरण नगर्ने बताए । ‘कलेज र स्कुलबाट पोशाकमै विद्यार्थीहरु सिधै चिया, हुक्का बार र क्याफेमा पुग्ने गरेको भन्ने व्यापक गुनासो आएको छ । 

उपप्रमुखको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कमीकमजोरी देखियो,’ मेयर कोइरालाले भने, ‘त्यही भएर व्यवसायीहरुलाई नै बोलाएर छलफल गरेर निर्णय गरिएको हो ।’ छलफलमा सहभागी व्यवसायीहरुले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विगतका कमीकमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने  बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.