Websoft University
Latest Post


विराटनगर पुस १७ गते । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशनबाट गोविन्द प्रसाद सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । सो संगठनको महासचिवमा मोहन कुमार श्रेष्ठ चयन भएका छन् । 

कर्मचारी संगठनको अधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । अधिवेशनमा देशभरबाट भेला भएका करिब ५ सय जना भेला भएका थिए । अधिवेशनले अध्यक्षमा सुवेदी, महासचिवमा श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको हो । 

सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथौ महाधिवेशन माओवादी केन्द्रका उप(महासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए । 

अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट  भएर लाग्न आग्रह गरे । मन्तव्यकै क्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताए । यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गरे । 


जिल्ला प्रहरी कार्यालय मोरङले
 गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मिति २०८१/०९/१६ गते अन्दाजी २२:१५ बजेको समयमा सुनसरीको धरानबाट मोरङ जिल्लाको बिराटनगरतर्फ आउदै गरेको को १ च ९५८२ नं. को स्कार्पियोलाई विराटनगर महानगरपालिका वडा नं. १८ भट्टाचोक झटिमाई स्थितमा रोक्न खोज्दा प्रहरीलाईठक्कर दिन खोजी नरोकीपुर्वतर्फभागेको।



जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १८ भट्टाचोक झट्टिमाई कल्भटमा चेकजाँच गर्ने क्रममा अगाडि बाईक र पछाडी स्पिडमा आई रहेको स्कारपिओलाई इलाका प्रहरी कार्यालय बुधनगबाट प्रहरी नायव निरक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँचको लागी रोक्दा हल्का रोकेको जस्तो गरी प्रहरीलाई नै ठक्कर दिन खोजी भागेपछी जिल्ला प्रहरी कार्यालय मोरङ कन्ट्रोलमा खबर गरे पश्चात तत्कालै उक्त एरियाका सम्पुर्ण युनिटहरुलाई परिचालन गराई जिल्ला प्रहरी कार्यालय मोरङ बाट प्रहरी नायव उपरीक्षक र ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलाश गर्ने क्रममा जहदा गाँउपालिका वडा नं. १ धुनी टोल स्थित बाटोमा को १ च ९५८२ नं. को कालो रंगको स्कारपियो गाडिलाई घेराहाली रोकी चेकजाँच गर्दा गाडिको पछाडी सिटमा प्लास्टिकमा प्याकिङ गरी बोरामा हाली लादै गरेको अबस्थामा अबैध लागूऔषध गाँजा १५५ (एक सय पचपन्न)के.जी बरामद गरीएको ।

 

पक्रउ परेका मानिसहरुको विवरण:

१. जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १२ बस्ने चालक वर्ष अन्दाजी २४ को राहुल बिश्वकर्मा 

२.  जिल्ला धनकुटा सहिदभुमी गाँउपालिका वडा नं. ६ बस्ने गाडिमा सवार वर्ष १९ को सुरज राई  ।

 प्रतिवादीहरुलाई सम्मानित जिल्ला अदालत मोरङबाट लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार लागूऔषध मुद्धामा म्याद थप भई थप अनुसन्धान भईरहेको । 

बरामद गरीएको गाडी र लागूऔषधको विवरण:

 अबैध लागूऔषध गाँजा१५५ (एक सयपचपन्न)के.जी ।को १ च ९५८२ नं. को कालो रंगको स्कारपियो । मोबाईल सामसुम-A 15,नोकिया किप्याड वाला-१ र रेडमि -१ थान (जम्मा ३ थान) ।


उदयपुर, पुस १७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस १७ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको थियो ।

 निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत कार्यालय प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले सुरक्षानै समाजको मेरूदण्ड हो अनि प्रहरी सुरक्षाको मेरुदण्ड,  तसर्थ मुटु अनवरत धड्के जसरी प्रहरीले आ(आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिनु पर्ने बताउनु भएको छ ।

वाँहाले सेवाग्राहीको हितलाई ध्यान दिई नागरीकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न र दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ(आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न तथा सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा परिचालन हुन निर्देशन  दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले प्रदेश प्रहरी प्रमुखलाई उदयपुर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.