Websoft University
Latest Post


विराटनगर ÷ विराटनगरस्थित भानु कलेजले वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा ‘नेपाली युवाहरुको विदेशमोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकलामा आफ्नो विचार प्रस्तुत गरेर रोश्ना पौडेल प्रथम भइन् । १३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा निरञ्जन चौधरीले द्वितीय स्थान हासिल गर्दा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । 

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कलेजका सञ्चालक तथा प्राध्यापक वसन्त बस्नेत सदस्य रहेको निर्णायक समितिले कृष्णीकुमारी राउत र एन्जेल भण्डारीलाई सान्त्वना घोषणा गरेको थियो । त्यसैगरी सोही अवसरमा आयोजित कविता प्रतियोगितामा ‘बुवा’ शीर्षकको कविता वाचन गरेर कृष्णीकुमारी राउत प्रथम भइन् । ‘बाकसको लाश’ कविता वाचन गरेर रोश्ना पौडेल द्वितीय हुँदा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । निरञ्जन चौधरी र शिशिर नेपालले सान्त्वना पुरस्कार हात पारेका छन् ।

कलेजका निर्देशक वसन्त बस्नेतसमेत निर्णायक रहेको प्रतियोगितामा २७ जना विद्यार्थीले भाग लिएका थिए । कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रम निर्देशक रमेश पाण्डेलले सञ्चालन गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापका संयोजक तथा कलेजका निर्देशक देवेश प्रधान, युवा साहित्यकार एवं पत्रकार कटवाल दीपकलगायतले अप्रतियोगी कविता वाचन गरे । 

कार्यक्रममा कलेजका निर्देशक सुशील भगत, सम्साद अन्सारी, शिक्षक, कर्मचारी र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नवोदितले राजनीति, प्रशासनिक, न्यायलगायतका क्षेत्रमा लाग्ने व्यक्ति पद सकिएपछि पूर्व हुने नवोदितले जिकिर गरे । तर भाषा, कला, साहित्य, संगीतमा लाग्ने व्यक्ति कहिल्यै पूर्व नहुने उनले बताए । जुन क्षेत्रमा लागे पनि सक्रियता र निरन्तरता आवश्यक पर्ने उनको भनाइ थियो ।

कलेजले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेको जनाएको छ । भानु कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको प्राचार्यले श्रेष्ठले जानकारी दिए । कविता, निबन्ध, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, चित्रकलासहित खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधानको भनाइ थियो ।

 


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउनुभयो ।


विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उहाँले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो । मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उहाँको भनाइ थियो ।

सबै वडाहरुमा एकीकृत स्वास्थ्य शिविर सञ्चालनसमेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । महानगरवासीलाई निःशुल्क रगत सेवासमेत प्रदान गरिरहेको मेयर कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द सहनी (अक्षय)ले वडावासीलाई घरआँगनमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविर सञ्चालन हुनेछ ।

 


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लव विराटनगर र वेलबारी विजयी भएको छ ।

पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई  २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा अभय कुर्मीले २४ रन बनाउँदा पृथ्वी सुब्बाले १८ रन बनाए । कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । जस्मा म्यान अफ द म्याच सुनिल यादवले अविजित ५२ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२ विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्ड क्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जस्मा शंकर तामाङले २५ रन बनाउँदा  प्रवि खडकाले १८ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जस्मा कृष्ण देवले सर्वाधिक २९ रनको योगदान दिए । वेलबारीका  म्यान अफ द म्याच रविन खडका र निश्चल बुढाथोकीले २–२ विकेट लिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.