Websoft University
Latest Post


बिराटनगर | महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ। पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो।

 बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो। राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए।

 खिलजस्तै डढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए । उनले भने, ‘महिला हिंसालाई संविधानले निर्मुल गरे पनि समाजमा अझै खिल बनेर बसेको छ। जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन ‘खिल’ मञ्चन गरेका हौं।’

 उनले जबसम्म हामीमा चेत आउँदैन तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए।


विराटनगर÷ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उहाँले बताउनुभयो । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उहाँको भनाइ थियो । 

यसैबीच, आज भएको फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ । खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए ।  खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ । विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो । असार सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिनुभयो । 


 


विराटनगर, १६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर  विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र  उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त  हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ ’–मुख्यमन्त्री कार्कीले भन्नुभयो ।


विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ  भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उहाँले बताउनुभयो । प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जिवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।


विराटननगरको निर्माणमा माडवारी समुदायले पु¥याएको योगदानको चर्चा गर्दै यहाँको माडवारी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उहाँको सुझाव छ ।

तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी विराटनगर – १९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले विराटनगरलाई पुनर्जिवनमा सहयोग पुग्ने  बताउनुभयो । उहाँले विराटनगर विमान स्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यालाई पुनः निरन्तरता दिन आवश्यक भएको औल्याउनु भयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक  र राजनीतिज्ञहरुको नगरीको रुपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब  कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बतााउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय माडवारी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तल, माडवारी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान लगायतका व्यक्तिहरुले विराटनगर अतिथि सदन निर्माणका बारेमा बोल्नु भएको थियो ।

 

मह

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.