Websoft University
Latest Post


विराटनगर ÷ विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ ।

कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो । 

कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले व्यक्तित्व र नेतृत्व विकासका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । कलेजका प्राचार्य केवल पोखरेलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले ध्यान दिएको बताउनुभयो । उहाँले अध्ययनसँगै विद्यार्थीहरुमा अन्य क्षेत्रको पनि ज्ञान हुनु जरुरी देखेर विषयविज्ञलाई निमन्त्रणा गरेर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा ७० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उत्प्रेरणा कार्यक्रमबाट आफूहरुमा परिवर्तनको महसुस भएको विद्यार्थीहरुले बताएका थिए । विनोद मण्डलले अहिलेदेखि नै लक्ष्य निर्धारण गरेर अगाडि बढेमा सफल हुनेजस्ता धेरै विषयमा जानकारी भएको प्रतिक्रिया दिए । 


विराटनगर , १६ असार | मनमोहन प्राविधिक विश्वविद्यालयकवा उपकुलपति स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकोले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन ।

१०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन ।

उपकुलपति पोखरेलले मनमोहनको त्याग  र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त्र पुर्नस्थापित हुन सफल भएको हो भने । उनले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै रोलमोडल बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापेमी भएकोले उनकै परिकाल्पानालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निकदेखी हाल प्राविधिक विश्वबिद्यालय बन्न सफल भएको स्मरण गरे ।

एमटियु (  मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा दिलनाथ फुँयालले स्वर्गीय आर्दश साझा नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए । ‘आर्दश नेता मनमोहन लोभलालच मुक्त्त नेता थिए यसैले उनको योगदानलाई अहिलेका सबै नेता र कार्यकर्ताहरुले अनुकरण गर्नुपर्दछ’ , रजिष्टार फुँयालले भने ।

मोरङ बुढीगंगा गाप ४ हात्तीमुढा स्थित प्राविधिक विश्वबिद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वबिद्यालयको ईन्जिनियरिङ  संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निकतर्फका उत्कृष्ट विद्यार्थीहरुलाईसम्मान सहितप्रमाणपत्र वितरण गरिएको थियो  । 

कार्यक्रममा एमटियुका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार दिलनाथ फुुँयाल , ईन्जिनियर संकायका डिन प्राडा प्रचण्डमान प्रधान  , ईलेक्ट्रिोनिक्स विभागिय प्रमुख डा दिपरत्न डंगोल , निमित्त परिक्षा नियन्त्रक भिम काफले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । साथै मनमोहन जयन्तीको अवसरमा उनको सम्झनामा माल्यार्पण गर्दै  विश्वविद्यालयमा बृक्षारोपण पनि गरिएको थियो ।  


काठमाडौ । चर्चित गायक राजु लामा र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने फ्यानहरुका लागी समर्पित गीतमा कोच राजु र बिजेता करणको स्वरमा रहेको छ । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । यो गीत करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

सार्वजनिक गीतको बारेमा करणले लेखेका छन् ‘ नमस्कार÷सेवा÷सेवारो सम्पूर्णमा १ ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को यात्रामा यहाँहरुले जति माया,साथ,हौसला र आशिर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ । तथापी हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु÷कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दहरु सहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौं । आशा छ १ यहाँहरुले हामीलाई यसैगरी माया,प्रेम,साथ,हौसला र आशिर्वाद दिइरहनु हुनेछ ।

धन्यवाद’ गीतको भिडियोमा गूरु–चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.