Websoft University
Latest Post


बिराटनगर, २०८० जेठ २२ गते  । ५१ औ बिश्व वातावरण दिवशको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । 

बिराटनगरको जेसी बाल सदन माध्यामिक बिद्यालय बिराटनगरको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । 

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक  राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो । 


बिराटनगर, जेष्ठ २१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय तथा इलाका प्रहरी कार्यालय ९क० स्तर सम्मका प्रहरी इकाईका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ । आज भएको भिडियो कन्फरेन्स मार्फत वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप  चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।

खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनुका साथै राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्न सुन्य सहनशीलता अपनाउन र  नेपाली बजारमा बेच्न अयोग्य ठहरीएका वस्तुहरुलाई आयात गर्न नदिन कडाईका साथ निग्रानी राख्न समेत वाँहाले निर्देशन दिनु भएको हो ।

यसका साथै वहाँले निरन्तररुपमा संचालन भईरहेको जनचेतनामुलक कार्यक्रमलाई समेत थप प्रभावकारी बनाई गाउँ गाउँका बस्तीहरुमा रहेका आम नागरिकहरुमा समेत सचेतना फैल्यान जोड दिनु भयो ।  भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ(आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।


विराटनगर  | विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ ।

महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषयविज्ञसित छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्वबजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले प्रविधिमार्फत घरमै बसेर पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । 

त्यसका लागि अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्न बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्ने उहाँको भनाइ थियो । कोइरालाले तीनै तहको सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकेको प्रस्ट पार्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिनुभयो ।

महानगरले आइतबार विषयविज्ञ र सरोकारवालाहरुसित आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यक्रम उहाँले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछि परिने बताउनुभयो । डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँको दाबी थियो ।

प्रमुख अतिथिसमेत रहनु भएका पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँगै प्रविधिलाई सीपसँग सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई आयआर्जनसँग जोड्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले   इक्वालिटी फाउण्डेसनले डिजिटल साक्षरताका लागि गरिरहेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले शिक्षालाई प्रविधिसित जोड्न ढिलो गर्न नहुनेमा जोड दिनुभयो ।

पूर्वविद्यार्थी समाज, आमा समूह गठनसँगै गैरआवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागू गर्न सहजीकरण गर्ने इक्वालिटी फाउण्डेसन अमेरिकाका अध्यक्ष प्रा. मेदनी अधिकारी प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रविधिमा आधारित शिक्षा लागू भएमा मात्रै उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा सक्षम हुने धारणा राख्नुभयो । विदेशमा रहेका थुप्रै नेपालीहरुले आफ्नो मातृभूमिको सेवा गर्नका लागि उपयुक्त अवसर र माध्यम खोजिरहेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो संस्थाका माध्यमबाट विराटनगरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विदेशका रहेका नेपालीलाई जोड्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना माविका सहायक प्रधानाध्यापक हिक्मत बस्नेत, नरग्राम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद कोइराला, झापाको दमकस्थित सिंहदेवी माविका घनश्याम अधिकारीले आफ्नो विद्यालयमा भइरहेको डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षाका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा प्रदेश लगानी प्राधिकरण कोशी प्रदेशका निर्देशक डा. सरोज कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.