Websoft University
Latest Post


बिराटनगर, जेष्ठ २१ गते । मोरङको बिराटनगर महानगरपालिका(५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर(५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा  ८६९४ पिस रजनीगन्धा

 र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारी  चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका -६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर(५ का ४२ बर्षीय अरुण यादव समेतलाई को। १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका(२ स्थितमा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।


विराटनगर | रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९ल्क्ष्क्क्ष्ए० द्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सो बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए ।

सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए । उनले रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९ल्क्ष्क्क्ष्ए० का निर्देशक डा. उमेश दाहालले स्वस्थ पशुपंक्षी विक्रिवितरणका लागि सो बजार निकै महत्वपूर्ण र उपयोगी रहेको बताए । उनले सो बजारमा पशुपंक्षी विक्रिवितरणका लागि सुविधा सम्पन्न संरचना निर्माण गरिएको जानकारी दिए ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले सो बजारका लागि आवश्य अन्य संरचना निर्माणमा पनि मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन् ।

उक्त पशुपंक्षी बजार रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिए । सो बजार २०७९ साल साउनमा निर्माण सम्पन्न भएपनि शनिबार मात्र उद्घाटन भएको हो । सो पशुपंक्षी बजारको उद्घाटन पछि रंगेली नगरपालिकालाई हस्तान्तरणसमेत गरिएको छ । कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९ल्क्ष्क्क्ष्ए० का निर्देशक दाहालले रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई बजारको सम्पूर्ण निर्मित संरचना हस्तान्तरण गरे ।

 यो सँगै उक्त बजार रंगेली नगरपालिकाको स्वामित्वमा आएको छ । सुविधा सम्पन्न उक्त बजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । दक्षिणपूर्वी मोरङको सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको सो बजार सुविधा सम्पन्न भएपछि सो क्षेत्रका हजारौँ कृषक लाभान्वित हुनेछन् । नेपालकै सवैभन्दा पुरानो र ऐतिहाँसिक उक्त बजारको इतिहास दुई वर्ष पुरानो रहेको रंगेली–९ का वडाध्यक्ष चुडामणी रेग्मीले बताए । 

उनका अनुसार सो बजारबाट पशुपंक्षीको व्यवसाय प्रवद्र्धन, प्रोत्साहन र बजारीकरण ठुालो सहयोग पुगेको भन्दै स्थानीय कृषकहरु हर्षित भएका हुन् ।  सो बजारमा पशुपंक्षीको विक्रिवितरण, पशुपंक्षीमा आत्मनिर्भर र स्थानीय जनताको जिविकोपार्जनमा समेत ठुलो टेवा पुग्ने रंगेली नगरपालिकाका मेयर बगडीयाले बताए ।

 


मोहन कुमार राई÷ जेष्ठ २० गते | संखुवासभा, चैनपुर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उपमेयर हाफ म्याराथुन प्रतियोगितामा सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारका साथ  सम्पन्न शनिवार विहान भएको उक्त प्रतियोगितामा ९० जना महिला प्रतियोगिहरु मध्ये जर्सी नं. ७५ का तुलसा लिम्बूले ३५ मिनेट २० सेकेण्ड लगाएर सान्तवना, जर्सी नंं. ७४ का सन्जीमाया लिम्बूले ३५ मिनेटमा तृतीय स्थान, चैनपुर वडा नं. ९ जर्सी नंं. ९ का सयोदा कार्कीले ३४ मिनेटमा द्वितीय स्थान, र चैनपुर नगरपालिका वडा नं. १ का  जर्सी नंं १२ का जिल्हमु शेर्पाले ३० मिनेटमा हाल्फ म्याराथुन दौड प्रथम स्थान हासिल गरेका प्रतियोगिता आयोजक सदस्य रामेश्वर योञ्जनले वताउनुभयो ।

हाफ म्याराथुन प्रतियोगिता चैनपुरको जिरो प्वाइन्टबाट शुरु भएर वसपार्क, त्रिचोक , पुरानो कृषि विकास बैक, हस्पिटल चौक, क्याम्पस, शिवालय, दलपेडाँडा हूदै सिद्धकाली मन्दिर सम्मको दुरी तय गरी प्रतियोगिता सम्पन्न भएको खेल शिक्षक एवं म्याराथुन दौड सञ्चालक मोहन कुमार खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद साथै मेडल र प्रमाणपत्रले सम्मानीत गरिएको थियो । यसै गरी सडक यातायात व्यवस्थित गर्न सहयोग पु¥याउनुहुने ट्राफिक प्रहरी नविन श्रेष्ठलाई नगद रु १ हजार सहित प्रोत्साहित गरिएको नगर शिक्षा शाखा चैनपुरका प्रमुख कमल गौतमले वताउनुभयो ।  

नेपाल स्काउट चैनपुरद्धारा सडकमै तालि र सलामी अर्पन गर्दै म्याराथुन प्रतियोगी खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । प्रतियोगिहरुको सहजताका लागि आवश्यक औषधी सहितको एम्बुलेन्स, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा आयोजक टिमले सहजता मिलाएको थियो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.