Websoft University
Latest Post


चन्दन रौनियार - दुहबी /  सुनसरीको दुहबी नगरपालिका वडा न.६ स्थित दुर्गाकालि मन्दिर छेउमा  श्रीरामजानकी मन्दिरको उद्घाटन  भएको छ। सो मन्दिरको  उद्घाटन प्रमुख अतिथि   नेपाली कांग्रेसको नेता तथा  पुर्व उपप्रधानमन्त्री   बिजय कुमार  गच्छादारको  बाट  सो मन्दिरको  उद्घाटन  गरिएको थियो।  

दुहबी वडा न.५का स्थानीय समाजसेवी गुलाब चन्द रौनियार र बैधनाथ रौनियार दाजु भाईले निर्माण गरेको श्री दुर्गा माता चरण पादुका श्रीरामजानकी मन्दिरको पूर्ण निर्माणका प्राण-प्रतिष्ठानका लागि भारतको श्री धाम अयोध्याका  चर्चित कथा बाचक गुरु श्रीव्यास वेदन्ती नन्दन जी महराज जि को मुखारबाट कथा बाचक मन्त्र जब  गरिएको  थियो।    


उद्घाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजय कुमार गछ्दारले  दुहबीको समग्रमा  बिकासका लागी  रौनियार परिवारले   दिएको अतुलनिय योगदान   को बारेमा  खुलेर प्रशंसा गरेका थिए।   दुहबीको बिकासमा आफ्नो पनि  अभुतपुर्व योगदान रहेको स्मरण गर्दै   हल्दिबारी       झापा  हुदै  मोरङको तेतरिया  सुनसरीको  दुहबी  इनरुवा  रोड स्तरौन्नती गर्ने आफ्नो  सपना रहेको  र सो पुरा अठोट  रहेको जनाए   ।  


बिशिस्ट अतिथि  दुहबी  नगर प्रमुख बेद गच्छादारले    दुहबी न पा  धार्मिक उर्बरभुमि रहेको साथै रामकुमार रौनियार  र संजय रौनियार (सन्जु) ले  मन्दिर निर्माण गरेर इतिहासले कहिले नभुल्ने   पुन्यकाम गरेको बताए । उनले    समय  सगै परिवर्तन  आबस्यक रहेको भन्दै   दुहबी लाइ धार्मिक पर्यटन स्थल बनाउन  रोड अतआवस्यक रहेको   र  सो को लागी  आफु अगाडी  बढिसकेको   हुदा  नगरबासीले  बिनापुर्वाग्रह   साथ  दिनु पर्ने जोड दिए ।    दुहबीको बिकासका लागी   शुक्राचार्यले  होइहोइहोइन  बृहस्पतीले  दिएको बाटो अबलम्बन गर्न  समग्र  दुहबी बासिलाइ  आग्रह गरेका समेत  छन । यसे गरि दुहबीको सानो परिचय दुहबी नगरपालिकाको पूरानो नाम कृष्णनगर हो । भगवान कृष्णको नाममा यो बजारको नामाकरण गरिएको हो । बजार क्षेत्रमा बि।स। २००९ सालमा एउटा ठूलो आगलागी भएको थियो ।


जुन आगो पूर्व क्षेत्र हुँदै चारैतर्फ फैलिएको थियो । तर आसपासका कुनै पनि मन्दिर दुर्गा मन्दिर र कृष्ण मन्दिरमा कुनै नोक्सान भएको थिएनन् ।वि.स. २०११ सालमा तत्कालिन बडा हाकिम भूपालमान सिंह, मातृका प्रसाद कोइराला, तोलाराम दुगड लगायत बिराटनगर बासीको अगुवाईमा तथा दुहबी निवासी केदार राम रौनियार तथा लखन राम अग्रहरीको सहयोगमा दुहबी बजारलाई नयाँ स्तरूपमा परिवर्तन गरी पूरानो विकदन्ती अनुसार दुवि, सुवि दुई दिदी, बहिनीको नामबाट नयाँ दुहबीको नाम नामाकरण गरिएको हो ।पौराणिक कितंदन्ती अध्ययन पश्चात आधुनिक दुहबी बजारको वर्तमान अवस्थामा नेपालको पूर्वका औद्योगिक नगरिका रूपमा नेपाल अधिराज्यभरी चिनिएको ठाउँ हो। 

यस बजार सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, राजनैतिकको बेग्लो महत्व छ ।  यस्तै प्रकारका धार्मिक साँस्कृतिक क्रियाकलापले  दुहबीलाई विस्तारै विकासको तर्फ लगिरहेका छन् ।दुहबी बजार २०१७ साल पछि मोरङ्गबाट छुटिएको हो ।


विराटनगर ÷ मेयर कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ ।

बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिनुभयो । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको मेयर कोइरालाले बताउनुभयो । धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उहाँको भनाइ थियो । 

१६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो । “महानगरको नेतृत्वमा हामी आइसकेपछि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” मेयर कोइरालाले भन्नुभयो, “चालु अवस्थामा रहेका योजनाहरु निर्माण सम्पन्न भएपछि पर्यटकको आगमन बढ्ने र त्यसले यस क्षेत्रमा आर्थिक चलायमानसमेत बढ्नेछ ।”

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयसमेत खुसी देखिएका छन् । स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । यादवले भन्नुभयो, “महानगरपालिकाभित्र भएर पनि हामीमाथि विगतमा विभेद भएको थियो । 

अब भने महानगरले दक्षिणी क्षेत्रलाई निकै माया गरेको महसुस गरेका छौं ।” निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम गरिरहेको दाबी गर्नुभयो । उहाँले गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको बताउनुभयो । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण   हुनेछ ।


विराटनगर ÷ सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । 

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा निषेध गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले अन्य पालिका र सरकारी कार्यालयहरुले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रुपमा समेत अध्ययन गरेको उहाँको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पार्नुभयो ।

मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उहाँको भनाइ थियो । कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गर्नुभयो । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेका छन्,” उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौं ।”

मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएका अनुमतिपत्रनवीकरण र नयाँ दर्तासमेतनगर्नेजानकारीदिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताउनुभयो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.