Websoft University
Latest Post


विराटनगर | विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ ।

प्रदेश सरकार आगामी आर्थिक २०८०÷०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतलाई साथैमै लिएर मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको बताउनु भएको थियो । प्रदेश राजधानी भएकाले विराटनगरको विकासमा ध्यान दिन मुख्यमन्त्रीलाई बजेटमा प्राथमिकतामा राख्न आग्रह गरेको कार्कीका स्वकीय सचिव निश्चय मायालुले जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति कार्कीले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । उहाँले अध्यादेशका कारण कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो गर्नु भएको थियो । कार्यबाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिएको स्वकीय सचिव मायालुले जानकारी दिनुभयो ।

 सो अवसरमा मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिनु भएको थियो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको मायालुले बताउनुभयो ।

 


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरण महानगरको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ । मेयर कोइरालाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले भोगेका समस्या समाधान गर्नसमेत महानगरका तर्फबाट सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रमिकको सम्मान गरेकै कारण मुलुकले आशा गरेअनुसारको प्रगति नगरेको उल्लेख गरेका छन् । “जुन देशले श्रमिकहरूको सम्मान गरेका छन् तीे देशहरूले मात्रै आर्थिक रुपमा प्रगति गरेका थुप्रै उदाहरणहरू छन्,”  सन्देशमा भनिएको छ, “हाम्रो मुलुकमा अझै पनि श्रमिकलाई उचित सम्मान दिन नसकेकै कारण देशले सोचेअनुसारको आर्थिक प्रगति गर्न सकेको छैन ।”

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको मेयर कोइरालाले बताएका छन् । “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु आवश्यक देखिन्छ । मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न महानगरपालिका सधैं कटिबद्ध रहेको छ,” निजी सचिवालयमार्फत जारी शुभकामना सन्देशमा भनिएको छ ।

मेयर कोइरालाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरू उत्तरोत्तर प्रगति, सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको कामनासमेत गरेका छन् ।


दमक,बैशाख १८ गते | प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले हिजो विर्तामोडमा एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो,सूचनाको हकको परिचय ,सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी,सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक र पारदर्शीता लगायतका विषयमा छलफल गरिएको   थियो ।

 कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष,सूचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै प्रशिक्षक ,अभियान्ता परियारले आम सरोकारको सूचना माग गर्दा सम्वन्धि कार्यालयले नदिएमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्वन्धी ऐन,२०६४को दफा ३ अनुसार मौखिक नभएर लिखित निवेदन दिएर सूचना माग गर्न आग्रह गर्नु भयो ।

संगठनका अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जो संग धेरै सूचना छ त्यो नै विश्वको धनी मानिने हुदा सार्वजानिक सरोकारको सूचनाको जानकारी राख्नु पर्ने बताउनु भयो । 

आफनो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाउँ पर्ने भएकाले अध्ययन गरेर जनता सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गर्नु भयो । समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरुलाई माछा मार्ने जाल नदिएर माछा मार्ने सीप अर्थात सूचना माग्ने सानै भए पनि सीप सिकाएको बताउनु भयो । सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसंग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गर्नु भयोा

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.