Websoft University

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले हिजो विर्तामोडमा एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


दमक,बैशाख १८ गते | प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले हिजो विर्तामोडमा एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो,सूचनाको हकको परिचय ,सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी,सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक र पारदर्शीता लगायतका विषयमा छलफल गरिएको   थियो ।

 कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष,सूचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै प्रशिक्षक ,अभियान्ता परियारले आम सरोकारको सूचना माग गर्दा सम्वन्धि कार्यालयले नदिएमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्वन्धी ऐन,२०६४को दफा ३ अनुसार मौखिक नभएर लिखित निवेदन दिएर सूचना माग गर्न आग्रह गर्नु भयो ।

संगठनका अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जो संग धेरै सूचना छ त्यो नै विश्वको धनी मानिने हुदा सार्वजानिक सरोकारको सूचनाको जानकारी राख्नु पर्ने बताउनु भयो । 

आफनो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाउँ पर्ने भएकाले अध्ययन गरेर जनता सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गर्नु भयो । समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरुलाई माछा मार्ने जाल नदिएर माछा मार्ने सीप अर्थात सूचना माग्ने सानै भए पनि सीप सिकाएको बताउनु भयो । सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसंग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गर्नु भयोा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.