Websoft University
Latest Post


श्याम राइ- गाईघाट १६ भदौ | रातो तारा डट कम,त्रियुगा नगरपालिकाको वजार क्षेत्रमा सडक पेटी अतिक्रमण गरी वनाईएका अवैध संरचनाहरु हटाउन शुरु गरीएको छ । नगरपालिकाले ३५ दिने सार्वजनिक सुचना जारी गरी विहिवार देखी वजार क्षेत्रमा सडक पेटीमा रहेका संरचना ,फुटपाथे पसलहरु हटाइएको वडा न ११ का वडा अध्यक्ष सुमन्त कोईराला ले वताए ।

विगत लामो समय देखि सडक मिचेर मुख्य वजार क्षेत्रमा संरचना निर्माण गर्नुको साथै सडक पेटीमा पसल ठेला गाडी राखेर फलफुल , तरकारी पसल संचालन हुदै आएको छ । नगरपालिकाले विगतमा पनि त्यस्ता फुटपाथे पसल हटाउन निकै प्रयास गरेको भए पनि सफलता पाउन सकेको थिएन । वजार सफा र दुर्घट्ना न्युनीकरण गर्नको लागी नगरपालिकाले अभियान संचालन गरेर सडक पेटी अतिक्रमण खाली गराइएको प्रमुख प्रशासकिय अधिकृत मान वहादुर वनले वताए । उनले सडक पेटीमा ढुङगा गिटी वालुवा र निर्माण सामाग्री पनि राख्न नपाइने वताए । विहान देखि नै मेयर , उपमेयर सहितको कर्मचारी टोलि , प्रहरी , उद्योग वाणिज्य संघका पदाधिकारी र व्यापारीहरु सडक पेटी खालि गराउन वजार क्षेत्र मा खटीएका थिए ।


विराटनगर । रातो तारा डट कम, प्याब्सन अंग्रेजी हिज्जे(स्पेलिङ) प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकेडेमी स्कुलले जितेको छ ।

 


विराटनगरमा सम्पन्न भएको फाइनलमा ८ वटा विद्यालयलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको हो । मदरल्याण्डले २०६९ सालदेखि लगातार अंग्रेजी हिज्जे प्रतियोगिता जित्दै आएको छ ।

 प्रतियोगिताको द्धितीय उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुल, तृतीय सुन्दरहैरचा नगरपालिकामा रहेको स्कर्लस होम स्कुल घोषित भयो । प्रतियोगिताको सान्तवना बेलबारीस्थित बाल जगत सेकेण्डरी बोर्डिङ स्कुल र सुन्दरहरैचनास्थित सुबीजीमुर मेमोरियल स्कुल भएको थियो ।

 प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमश १५, १० र ५ हजार रुपैयाँको साथै आकर्षक ट्रफि हात पारेका थिए । हिज्जा प्रतियोगिताको फाइनलमा ९ वटा विद्यालय पुगेको प्याब्सन मोरङका कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

निजी विद्यालयहरूमा अध्ययरत विद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले प्याब्सन मोरङले प्रत्येक वर्ष अंग्रेजी हिज्जे र जिल्ला स्तरीय लोकनृत्यलगायतका विभिन्न प्रतियोगिताहरू गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् ।

 अंग्रेजी हिज्जे प्रतियोगितामा मोरङको विभिन्न स्थानिय तहबहरूबाट छनौट भएर ९ वटा विद्यालय फाइनलमा पुगेका थिए ।

 एजुकेसन हेल्पलाइनका समेत अध्यक्ष रहेका ढकालले ती बालकलाई पटक – पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । ६ महिना अगाडी र १३ भदौमा घरमा कोही नभएको मौका छोपी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ ।

उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

प्रहरीले आज ढकाललाई मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । 


काठमाडौं । रातो तारा डट कम, झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको बिगमुमिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो ।


टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कपिशप र फुड आइटमको स्टल रहेको छ ।

 


विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौं ।’

 


सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगैबिग मुभिजरहेकोछ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानु पर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो भएको छ ।

 


सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाईभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.