Websoft University

फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आयो


काठमाडौं । रातो तारा डट कम, झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको बिगमुमिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो ।


टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कपिशप र फुड आइटमको स्टल रहेको छ ।

 


विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौं ।’

 


सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगैबिग मुभिजरहेकोछ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानु पर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो भएको छ ।

 


सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाईभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.