Websoft University
Latest Post


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम, हिजो देखि नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बत्तिसपुतलीस्थित होटलमा बैठक गरिरहनु भएको छ र आज पनि बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको हिजोको बैठकले निष्कर्ष निकालिएको थियो । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढङ्गले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले बिभिन्न अध्यक्षमाथि आरोप लगाउदै असन्तुष्टि जनाएका थिए । बैठक सोही ठाउमा आज पनि बस्ने भएको छ ।




बिराटनगर असार १७ गते । रातो तारा डट कम, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मन्त्रिपरिषदको जेठ ६ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्ने सरकारको निर्णय प्रति असमति जनाएको हो । संशोधित मापदण्डले अदालत राजमार्ग, खोला वा नदी किनार, राष्ट्रको जीवनसँग जोडिएका महत्वपूर्ण क्षेत्रको अस्तित्वमाथि समेत गम्भीर सङ्कट परी अपूरणीय क्षति हुने देखिको आदेशमा भनिएको छ । सरकारले क्रसर उद्योगीलाई सहज हुनेगरि घनाबस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको ५ सय मिटर दूरीभित्र क्रसर उद्योग सञ्चालन गर्न नपाउने सीमालाई घटाउँदै देशभर दुई हजार क्रसर उद्योगलाई मान्यता दिन सरकारले खोजेको थियो ।



काठमाण्डौ असार १७ गते । रातो तारा डट कम, जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने र केहि ठाउमा पानी पर्ने छ । प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना देखिएको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.