Websoft University
Latest Post


विराटनगर जेठ १९ गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । 

लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । “महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठिन छ,” उनले भने, “लायन्स क्लबजस्ता सामाजिक संस्थाको सहयोग गरेमा पक्कै विराटनगरवासीले सोचेजस्तो महानगर बन्नेछ ।” लायन्स क्लबले विगतदेखि नै वृक्षारोपण, दैवीप्रकोप, विद्यालयको भौतिक संरचना निर्माणलगायतमा काम गर्दै आएको स्मरण गरे । 

त्यस्तै उमेयर शिल्पा निराला कार्कीले लायन्सले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा प्रशंसा गरिन् । उनले विराटनगरलाई हरियाली र सुन्दर बनाउन लायन्स क्लबजस्ता सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताइन् । उपमेयर कार्कीले विकास र समृद्धिका लागि महानगर हरेक क्षेत्रसित सहकार्य गर्न तयार रहेको प्रस्ट पारिन् । “तपाईंहरू प्रस्ताव लिएर आउनुहोस् विराटनगरको विकासका लागि महानगर त्यसमा सहकार्य गर्न तयार छ,” उनले भनिन्, “सडकको सौन्दर्यकरणमा पनि काम गर्न सकिन्छ मिलेर ।” त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान काउन्सिल चियर पर्सन राजन खत्रीले लायन्स क्लबले विगतदेखि नै सामाजिक कार्य गर्दै आएकाले महानगरसित सहकार्य गरेर विराटनगरको विकासमा केन्द्रित हुन तयार रहेको जानकारी दिए । “लायन्स चाहे २०७२ सालको भूकम्पमा होस्, चाहे बाढीपहिरोको समयमा होस् चाहे कोभिडको समयमा होस् धेरै काम गरेको छ,” उनले भने, “दैवीप्रकोपको बेला सबैभन्दा पहिला जिल्ला प्रशासनको फोन हामीलाई आउँछ ।” 

उहाँले विगतमा भूकम्प, बाढीपहिरो, कोभिडलगायतका समस्यामा पनि लायन्सले महत्वपूर्ण कार्य गरेको उल्लेख गरे । लायन्स क्बलका पूर्व डिष्ट्रिक गभर्र्नर लीला ढुंगेलले पनि महानगरसित साझेदारी गरेर विराटनगरको विकासमा लागि पर्ने प्रतिबद्धता जनाए । सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीका द्वितीय भाइस गभर्नर विकास अधिकारी, क्लबकी एरिया प्रमुख अनुजा कोइराला, प्रशिक्षण विभाग प्रमुख डा. सन्देश दास श्रेष्ठलगायतले महानगरको विकासको यात्रामा हातेमालो गर्न तयार रहेको बताए । 



गाइघाट । रातो तारा डट कम, त्रियुगा नगरपालिका वडा.न १२ मा निर्वाचित जनप्रतिनिधीहरुको विहीवार पद वहाली –कार्यक्रम फरक शैली,अपनाउदै इस्लाम धर्म अनुुसार चटीथापेर कुरान पाठ गर्दै... ।



झापा, २०७९ जेठ १९ गते । रातो तारा डट कम,झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान  मोटरसाईकल सहित पक्राउ परेका छन् । केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र 

ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका ५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका ५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका ८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका ५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका ८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा   १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न  स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.