Websoft University

मोटरसाईकल चोरीमा संग्लग्न ८ जना पक्राउ


झापा, २०७९ जेठ १९ गते । रातो तारा डट कम,झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान  मोटरसाईकल सहित पक्राउ परेका छन् । केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र 

ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका ५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका ५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका ८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका ५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका ८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा   १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न  स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.