Websoft University
Latest Post


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम, सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म भएको एसइइ परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी परिक्षा दिएका थिए । 



काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम, सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुनेछ । हिजोदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम आज पनि जारी रहनेछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । हिजोको छलफलमा सत्तापक्षका सांसदहरूले बजेटको बचाउ गर्दा प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । 

 



काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम, अन्तराष्ट्रय खवर , युक्रेनमा युद्ध सुरु भएदेखि करिव १५ हजार युद्ध अपराध भएको आशंका गरिएको छ । हालै सार्वजनिक प्रतिवेदन अनुसार दैनिक दुई सयदेखि ३ सय भन्दाबढी युद्ध अपराध भएको अनुमान गरिएको छ । युद्ध अपराधमा संलग्न भएको एकिन भएकामध्ये ८० जनामाथि मुद्दा चलाउन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्ध अपराधमा संलग्न भएको भनिएको सूचीमा ‘रुसका शीर्ष सैन्य, राजनीतिज्ञ र प्रचार एजेन्टहरू’ छन् । रुसले भने नागरिकलाई निशाना बनाएको वा युद्ध अपराधमा आफुहरूको संलग्नता नरहेको बताएको छ । 



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.