Websoft University
Latest Post


विराटनगर जेठ  १४ गते । रातो तारा डट कम, झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेकाछन् । 


मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रममा उहाँहरुले ५–५ वटा मुक्तक वाचन गर्नुभएको थियो । झोराहाट नाट्य समूहले हरेक महिना साहित्य गोष्ठी गर्दै आएको छ । बेलाबेला नाटक मञ्चन पनि गर्दै आएको आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । 

सो अवसरमा मुक्तक वाचन गर्ने साहित्यकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । यसअघि झोराहाट नाट्य समूहले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न स्थानका कविहरुले आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।



विराटनगर जेठ  १४ गते। रातो तारा डट कम, विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले 


वर्षाको समय आएकाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम गरिरहेको बताएका छन् । 


नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जसरी हुन्छ यसपटकको बर्खामा महानगरवासीलाई डुबानबाट मुक्त गर्ने गरी काम भइरहेको प्रस्टाए । त्यसका लागि इन्जिनियरहरुलाई स्पष्ट खाका बनाउन निर्देशन दिइसकेको उनको भनाइ छ । “महानगरभित्रका सबै नाला सफा गर्ने काम सुरु भइसकेको छ,” मेयर कोइरालाले थपे, “इन्जिनियरहरुलाई कहाँकहाँ पैनी, ठूला नाला, खोला सफा गर्नुपर्छ त्यसका लागि खाका लिएर आउनु भनेको छु ।” 

मेयर कोइरालाले सबैको सहयोगले पाँच वर्षभित्र विराटनगरलाई सफा, सुन्दर र गर्व गर्न लायक बनाउने उद्घोष गरे । कोइरालाले अनेकौं सम्भावना हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको बताए । उनले सबैको साथ र सहयोगले सफा, सुन्दर, हरियाली र आत्मनिर्भर महानगर बनाउने प्रतिबद्धता जनाए । “हामीले कार्यभार सम्हालेको धेरै दिन भएको छैन, आजको भोलि परिवर्तन हुँदैन,” उनले भने, “सफा, सुन्दर, हरियाली र हरेक विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने हाम्रो लक्ष्य छ ।” 

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ताले विराटनगर प्रदेश १ को राजधानी भएकाले विकास हुनु जरुरी रहेको उल्लेख गरे । उनले संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर सडक पूर्वाधारसहितको विकासमा जोड दिन सुझाव दिए । कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईंले जनप्रतिनिधिहरुले झिनामसिना विषयमा नअल्झी जनमुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए । सभापति चापागाईंले भने, “मेयरसहित सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्दछु तपाईंहरु अब सानातिना कुरामा नअल्झी जनअपेक्षाअनुसार काम लाग्नुहोस् ।” 

उनले महानगरवासीको अपेक्षा धेरै भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नआग्रहगरे । त्यस्तै नवनिर्वाचित वडाध्यक्ष विश्वनाथ भगत (लालु)ले जनताको सेवामा सधैं सक्रिय हुने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ की सभापति अनुजा कोइरालाले सबैको साथ र सहयोगले विराटनगरमा मेयर कांग्रेसले जितेको बताइन् । उनले वडा नम्बर ९ मा अध्यक्षसहित सबै पदमा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् । “वडावासीको अथक प्रयास र सक्रियताकै कारण वडामा कांग्रेसले जितेको हो,” कोइरालाले भनिन्, “यो सबैको सामूहिक प्रयासबाट सम्भव भएको हो ।” कार्यक्रममा विजेयता अधिकारीलगायतले जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए । सो अवसरमा नवनिर्वाचित मेयर, वडाध्यक्ष र सदस्यहरुलाई टीका, माला र खादा लगाएर मायाको चिनो प्रदान गरिएको थियो ।



बिराटनगर जेठ १४ गते । रातो तारा डट कम,रेडियो कर्मी तथा  प्रेस चाैतारी नेपालका पूर्व सल्लाहकार स्व. चन्द्र न्यौपानेको प्रथम स्मृति दिवस बिराटनगरमा आज प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मनायो। व्यबसायीक रेडियोको विकासमा स्व.चन्द्र न्यौपानेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै,  स्व. न्योैपानेले रेडियो बचाउमा राम्रो  काम गरेको स्मरण गरे। स्व.चन्द्र न्योैपाने कि धर्म पत्नी अनिता गुरगागाइले आजै इटहरीको कार्यक्रममा चन्द्र न्योैपाने मेमोरियल ट्रष्ट घोषणा गरि १ करोडको कोष बनाउने र त्यसबाट आउने व्याजबाट पत्रकारीता अध्यायान गर्ने १ जनालाई छात्रवृत्ति दिने जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी नयोैपाने हुनुहुन्थ्यो भने,१ नम्बर प्रदेश कमिटि प्रेस चौतारी नेपालका अध्यक्ष अविजाल विष्टले कार्यक्रमको सभापतित्व गर्नु भएको  थियोे । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.