Websoft University
Latest Post


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,सरकारले कोरोनाविरुद्धको खोपका बारेका बिभिन्न अफवाह फैलाइएको भन्दै सर्वसाधारण नागरिकलाई निर्धक्कका साथ खोप लगाउन अनुरोध गरेको छ । कोरोना महामारीबाट जोगिनका लागि एक मात्र विकल्पको रुपमा रहेको कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न हल्ला र भ्रम अझै पनि मानिसहरुमा रहेको भन्दै सरकारले निर्धक्कसाथ खोप लगाउन आग्रह गरेको हो । 

पछिल्लो समय नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको अमेरिकी जोन्सन एण्ड जोन्सनको खोपले नकारात्मक असर पारेको हल्लाहरु सुनिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रमको पछि नलाग्न भनेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिन १५ लाख ३४ हजार ८ सय ५० मात्रा आएको र हालसम्म १० हजारभन्दा बढीले लगाइसकेका छन् ।  

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् ।  


 


झापा, साउन १७ गते । रातो तारा डट कम,झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको हो । प्रहरीले उनिहरुलाई अटो सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धानगरिरहेकोछ ।

 


झापा, श्रावण-१७ गते । रातो तारा डट कम,झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् । हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.