Websoft University
Latest Post


झापा, भाद्र १६ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका-८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा  सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । 

भारतबाट ३०७ वटा बट्टामा प्याक गरी  नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।



काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,कोभिड–१९ का कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । 

सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरुङबाट काठमाडौंभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ । काठमाडौं, केरुङ रेलमार्गको अध्ययन कोभिड–१९ का कारण अघि बढ्न नसकेको अवस्थामा चीन सरकारले आफ्नै देशमा पर्ने क्षेत्रमा अध्ययन अघि बढाएको हो । 

चीनमा अहिले केरुङदेखि सिङ्चेसम्मको रेलमार्गको अध्ययन भइरहेको जानकारी पाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुुभयो ।


फायल फोटो,

काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,चौतारा सांगाचोकगढि नगरपालिका २ खरीपाटिमा हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद हुँदा ६ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गेलुङखोला हाईड्रो पावर कम्पनिले दिएको उजुरीका आधारमा स्थानियलाई ईलाका प्रहरी कार्यालय जलविरेबाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । आयोजनाले १४ जना विरुद्ध उजुरी गरेकोमा हिजो ६ जनालाई नियन्त्रणमा लिएको हो । बस्तीकोबीच खेतियोग्य जमिनबाट हाईटेन्सन लाईन तान्दा  जोखिम हुने भन्दै स्थानियले विरोध गर्दै आईरहेका थिए । उनिहरु यहि साउन २० गते आयोजनाको पोल गाड्ने काम तत्काल रोक्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा डेलिकेशन दिएका थिए । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.