Websoft University
Latest Post


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,इटहरी जेसिजको ३२ औं तथा जुनियर जेसिजको १४ औं पदस्थापन एवम पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थति होटल इम्पेरीयलमा औपचारीक र्कायक्रम बिच जुनियर जेसिज र इटहरी जेसिजको संयुक्त पदस्थापन गरीएको थियो ।

कार्यक्रम पुर्व स्वास्थ्य मन्त्रि युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । इटहरी जुनीयर जेसिजको तर्फबाट बर्ष २०१९ का अध्यक्ष बादल बरालको सभापतित्वमा सुरू भएको कार्यक्रममा बिशिष्ट जेसिज पदाधिकारीहरूलाइ सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । 

कार्यक्रम जुनियर तर्फ वर्ष २०२० का नवनिर्वा्र्चित अध्यक्ष समर्थ ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसै गरी इटहरी जेसिजका वर्ष २०१९ का अध्यक्ष बिनोद पौडेलको सभापतित्वमा सुरू भएको थियो भने वर्ष २०२० का माधव भट्टराइको अध्यक्षतामा नँया कार्य समिती चयन गरेको छ ।

कार्यक्रमको बिशिष्ट अतिथिहरूमा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष महेश पौडेल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल , नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष बिमल पौडेल , लेडी जेसिज २०२० कि अध्यक्ष रोसना थापा , इटहरी होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुली , लगायतको उपस्थिति रहेको थियो ।



राजु बोहरा–काठमाडौँ । गायक सुन्दर लामिछाने र शान्ति रिजालको स्वरमा नयाँ काठे दोहोरी गीत ‘बुट्टे रुमाल’ भर्खरै  बजारमा आएको छ । यही माघ १६ गतेबाट डिजिटल बजारमा आएको ‘बुट्टे रुमाल’ बोलको उक्त गीत ॐ शान्ती म्युजिकको युट्युब च्यानल मार्फत  सार्वजनिक भएको हो । लोकप्रिय गीत लाई पस्कने गायक सुन्दर लामिछानेले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । २०५४ सालबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले केहि समय अगाडी मात्रै अचार मिठो करेली बोलको गीत बजारमा ल्याएका थिए ।
‘बुट्टे रुमाल’ बोलको गीतकी गायिका शान्ति रिजालले पनि यस भन्दा अगाडी धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । सुरुका दिनमा रहरमा यस क्षेत्रमा लागेको भए पनि अहिले संगीतको नशाले शान्तिलाई निरन्तरताको बाटोमा लम्क्याईरहेको छ । प्रस्तुति गीतमा लय सुन्दर लामिछाने र शिब नारायण जोशीको रहेको छ भने शब्द सुन्दर लामिछानेको नै रहेको छ ।
श्रीहरी दुलालको प्रस्तुतीमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुष्मा कार्की श्रीहरी दुलाल र सिर्जना कार्कीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । देबेन्द्र पान्डेको निर्देशन रहेको भिडियोलाई छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम,प्रदेश दुइको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम तीन लाख पु¥याएको छ । २०७५ माघ एक गतेपछि जन्मेको छोरीको एक लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले यस रकमलाई तीन लाख पु¥याएको हो । 

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ एक गते पछि प्रदेशमा जन्मिएकी छोरी अब तीन लाख पाउने घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राउतले स्थानीय सरकारलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै स्थानीय सरकारले सहयोग गरेमा यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएको बताउनुभयो । 

छोरी शिक्षा बिमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ । विमा गराइसकेका छोरीले समेत यो सुविधा पाउने भएबम छन् । यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा एक देखि आठ सम्मका छात्रालाई प्रति महिना पाँचसय दिने आफूहरुको योजना रहेको र यसै आर्थिक वर्षदखि परिक्षण कार्यक्रमकारुपमा शुरु गरिने जानकारी समेत गराउनुभयो । 

मुख्यमन्त्री राउतले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी दिनुभयो । आजै सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । 

यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.