इटहरी जेसिजको ३२ औं तथा जुनियर जेसिजको १४ औं पदस्थापन सम्पन्न
शिव भट्टराई,मोरङ। रातो तारा डट कम,इटहरी जेसिजको ३२ औं तथा जुनियर जेसिजको १४ औं पदस्थापन एवम पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थति होटल इम्पेरीयलमा औपचारीक र्कायक्रम बिच जुनियर जेसिज र इटहरी जेसिजको संयुक्त पदस्थापन गरीएको थियो ।
कार्यक्रम पुर्व स्वास्थ्य मन्त्रि युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । इटहरी जुनीयर जेसिजको तर्फबाट बर्ष २०१९ का अध्यक्ष बादल बरालको सभापतित्वमा सुरू भएको कार्यक्रममा बिशिष्ट जेसिज पदाधिकारीहरूलाइ सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रम जुनियर तर्फ वर्ष २०२० का नवनिर्वा्र्चित अध्यक्ष समर्थ ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसै गरी इटहरी जेसिजका वर्ष २०१९ का अध्यक्ष बिनोद पौडेलको सभापतित्वमा सुरू भएको थियो भने वर्ष २०२० का माधव भट्टराइको अध्यक्षतामा नँया कार्य समिती चयन गरेको छ ।
कार्यक्रमको बिशिष्ट अतिथिहरूमा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष महेश पौडेल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल , नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष बिमल पौडेल , लेडी जेसिज २०२० कि अध्यक्ष रोसना थापा , इटहरी होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुली , लगायतको उपस्थिति रहेको थियो ।


