Websoft University
Latest Post



काठमाण्डौ । रातो तारा डट कम,नेपालको अतिक्रमित भूभाग खाली गराएर ती समेत समेटेर नयाँ नक्सा जारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आज गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमी, व्यस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्याललगायतसँग छलफल गरी संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको हो । 

त्यस्तै अतिक्रमित भूमिसमेत समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज र शिक्षण संस्थाका उपयोग गर्न पनि निर्देशन दिएको समिति सभापति निरादेवी जैरुले जानकारी दिनुभयो । यसअघि संसदको राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सरकारलाई अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको थियो । आजको बैठकले अतिक्रमणमा परेका स्थान नजिक आवश्यकताअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण गरी तैनाथ गर्न पनि समितिले निर्देशन दिएको छ । 

त्यसका लागि आवश्यक जग्गा र बजेट उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ गर्न, आफू मातहतमा ल्याउन र विदेशी फौज हटाउने विषयमा प्रभावकारी वार्ता गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटोलगायतका सुविधा दिन पनि समितिले निर्देशन दिएको छ । समितिले सीमा क्षेत्रका समग्र समस्याको अभिलेख तयारी गरी त्यस क्षेत्रमा आवश्यक काम गर्न पनि सरकारलाई निर्देशन दिएको सभापती जैरुले बताउनुभयो ।

यसैविच सरकारले सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले अबरोध गरेको जनाएको छ । समितिको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री अर्यालले नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम गरिरहेको भएपनिकालापानीमा भारतीय पक्षले अवरोध गरेको जानकारी गराउनुभएको हो । उहाँले नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भएकाले अब कूटनीतिक पहलबाट समाधानको बाटो रोज्नुपर्ने अवस्था आएको बताउनुभयो । 

भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध गरेको छ । मसिंर २७ गते सरकारले नेपाल भारत अन्तर्रा्ष्ट्रिय सीमा निरीक्षण समिति समेत बनायो, नसलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको एकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।

 एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुइाायो

काठमाण्डौ । रातो तारा डट कम,दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन मंसिर २२ गते पत्राचार गरेको थियो । तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र चार अर्ब ५० करोड रुपैयाँ बुझाएको जनाइएको छ । किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी रहेको छ ।




काठमाण्डामै पुस १६  गते । रातो तारा डट कम, आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को दोश्रो ट्रेलर सार्वजनिकभएको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी,अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिश स्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ । गीतमा दिपक आर।जे। र गिरिस खतिवडाको स्वर, प्रकाश मल्ल को शब्द र दिपक आर,जे, को संगीत रहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.