Websoft University
Latest Post



काठमाण्डौं,मंसिर १५ गते । रातो तारा डट कम,भर्जीनिया, संयुक्त राज्य अमरिकामा बसोबास गर्ने पाँच बर्षिय श्रृष्टि आचार्यले लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ । बोलको गीतमा अभिनय गरेकी छिन् । उक्त गितमा बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको देख्न सकिन्छ ।
सामाजिक संजालहरूमा निकै नै लोकप्रिय भाइरल बनेकी पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन् । सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको उक्त गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् ।
यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् ।
सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। (भिडियो हेर्नुहोस्)


विराटनगर मंसिर १५ गते । रातो तारा डट कम, विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरेर कलेजमा कक्षा–१२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहलाई एक दिने वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण तथा परामर्श दिएको कलेजका को–अडिनेटर शंकर भट्टराई जानकारी दिए । उनीहरूलाई सनराइज वैक विराटनगरका प्रवन्धक गुुरू रेग्मीले सहजीकरण गरेका दिए ।


विराटनगर,मंसिर, १५ गते । रातो तारा डट कम, द स्र्पोट्स हव विराटनगरको आयोजनामा विराटनगरमा वैकिङ्ग फूटसल प्रतियोगिता हुने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 
द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले मङ्सिर १६ गतेदेखि २२ गतेसम्म आयोजना हुने अन्नपूर्णा फूटसल प्रतियेगितामा नेपालका क वर्गका ८ वैङकको सहभागिता रहने जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफि हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफि हात पार्ने आयोजकले जनाएको छ ।
दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह ए मा नेविल, सिटिजन्स, सानिमा र समुह वि मा मेघा, जनता र नेपाल वैंङक रहेको
छ । बाकी २ टिमको पछि टुङ्गो लगाउँने खेल सम्योजक शुभम भट्टराईले जानकारी दिए । सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.