Websoft University
Latest Post

काठमाडौँ, असार १७ गते । रातो तारा डट कम,
बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमामेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी चर्चितमेकअप आर्टिस्ट सिमा 
गुरुङले लाजिम्पाटमा "सिमा दमेकअप स्टुडियो" संचालनमा ल्याएकी छिन l 

चर्चितनायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्मालेसंयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्तसिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फतसंचालनमा ल्याईएको छ l उक्त अबसरमा चर्चितसेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यबिद,कलाकार, संचारकर्मी समाजसेवी तथा अन्यसर्बसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l

पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायतमहत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमातयार भई जाने क्रम बढ्दाे छ यस्ता कार्यक्रममा जाँदामहिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन् ।साैन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाेप्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्टसिमा गुरुङले ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमालिएर आएकी हुन् । 

सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फतअत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागिब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकीछिन।उनि भन्छिन, 'मेकअप स्टुडियोमा मेकअपसम्बन्धीतालिमको पनि व्यवस्था पनि गरिएको छ ।' साथै होमसर्भिस मेकअपको समेत ब्यबस्था गरेकी छिन l


उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धिसम्पूर्ण मेकअप पनि गरिने छ। साथै सेलिब्रेटी तथासर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी रसुटिङमा जान सक्ने बताउछिन सिमा गुरुङ।

(फायल फोटो)

काठमाडौ असार १७ गते । रातो तारा डट कम, महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।

सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई पसले साहले बताउनुभयो ।

मिठाई पसलमा काम गरिरहेको र ग्राहकसमेत खचाखच भरिएको बेला पसलमा अचानक आगलागी भएकाले हेर्दाहेर्दै सबैथोक जलेर नष्ट भएको पीडित मिठाई पसलेले साहको भनाइ छ ।


रोशन पोखरेल , काठमाण्डौ, असार १७ गते । रातो तारा डट कम,
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुन्य अवसरलाई मध्य नजर गदैँ देवी म्युजिक प्रालीको प्रस्तुतिमा तुलसा थापा र सिता थापाको मौलिक लोकदोहोरी गीत  ‘बेहुली बनाउछु’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘बेहुली बनाउछु’  गीतमा भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा र सिता थापाकोे आवाज रहेको छ ।  

समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने गरिन्छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको मौलिक  लय सिर्जना रहेको छ । दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादनमा गीतको भिडियो रहेको छ । सागर थापा र कशिषा थापाले अभिनय गरेका छन्। भने भिडियोलाई चर्चित  निर्देशक काजिश श्रेष्ठले  निर्देशन गरेका छन । हेर्नुहोस भिडियो 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.