Websoft University
Latest Post

(फाएलफोटो)

काठमाण्डौं,जेठ १८ गते । रातो तारा डट कम, भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ ।

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आउनुभएको छ । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् ।

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका
छन् ।

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


बिराटनगर,जेठ १८ गते । रातो तारा डट कम,अहिले बिराटनगरमा सबै जसो वडाहरुका बाटो नाला भत्काइएको अवस्था रहेकोछ । यो अवस्था कहिले सम्म रहने हो, आम नगरवासीले बुइनै गारो परकोछ । पानी आउदा बिराटनगर हिलाम्मे घाम लाग्दा धुलाम्मे हुने गरेको सबैलाई बिधितैछ । प्रश्न चै यो अवस्था कहिले सम्म रहने हो, भन्ने मात्र रहेकोछ ।

अहिले बिराटनगर महानगरपालिकाका मेयर लाई भेटन जनताले धेरै गारो छ ! किन उनलाई यता उता कुदैमा ठिक भएको गुनासो नगरवासीहरुले गर्न थालेका छन । वडा नम्वर ११ मा गत वर्ष डुवानले धेरै धन जनको क्षति भएकाले यो वर्ष के कस्तो बिकास भइरहेकाछ, भने र वडा नम्वर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपाने संग भेटेर कुरा गर्दा- बिकास निमार्णका बारेमा वहाले धेरै कुरा बताउनुभयो ।

तिथेन्द्र न्यौपानेले दिनु भएको जानकारी अनुसार वडामा हाल जोड तोडले काम भइरहेको भन्दैै,एडिबीको सहयोगमा यो वडामा २ वटा कलवट बनेका छन भने भरत कार्की र भरत रायमाइाी घरको बाटो जोड्ने नहर वारी पारी दुइ कलवट बन्ने भएको जानकारी गराउनु भयो ।

त्यसैगरी,ग्रावेल नाला, तर्फ गोकुल मार्ग १७० मि,सेर बहादुरको घर अगाडी,नाला बाटो ८५ मि, राम शाह पथ ११० मि, जनसेवा मार्ग बाटो ४२५ मि,नाला ७५ मि,दुर्गा मन्दिर पुर्व र साकेला मार्ग ४ सय मि नाला समेत,जानकि पथ ८५ मि नाला र नयाँ प्रगति मार्गन नाला र बाटोमा, हाल लगातार काम भईरहेको जनकारी गराउनु भयो ।

कालो पत्र तर्फ स्वस्तिक मार्ग १५५ मि, साकेला मार्ग,अरुणेदय मार्ग,४०० मि,कालो पत्रेको काम भईसकेको बताउनु भयो । वडा अध्यक्ष न्यौपानेले दिएको जानकारी अनुसार सामुदायिक भवन लाई एक लाख प्रहरी चौकी लाई दुई लाख,जनपथ वाचनालयलाई ४२ हजार, अणोदय प्रा बि लाई २५ हजार सहयो गरेको छ भने जनपथ माबिको प्रगणमा माटो पुराउने काम समेतको, जनसह भागिता बाहेक ९३ लाखको काम भईरहेकोछ भने महानगरपालिकाको करिव ५४ लाख बराबरको लगानि समेत गरि जम्मा १ करोड, ४७ लाख को लागतमा यो वडामा काम भईरहेको जानकारी गराउनु भएकोछ ।



काठमाण्डौं, जेठ १८ गते । रातो तारा डट कम, नुवाकोट, प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गर्नुभएको छ ।

ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफूले पनि स्काउटको सदस्य भएर सामाजिक सेवा पु¥याएको स्मरण गर्दै आर्थिक विकास र समाज रुपान्तरणका लागि सरकारले स्काउटलगायत सामाजिक संस्थासँग साझेदारी गरी अघि बढ्न चाहेको बताउनुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटको अन्तर्रा्ष्ट्रिय कुम्भका रुपमा रहेको ज्याम्बोरी सञ्चालन गर्न आवश्यक सहयोगको प्रबिद्धता जनाउनुभयो । “नेपाल सरकारको कार्यक्रम सञ्चालन गर्न युवा मन्त्रालयमार्फत रु दुई करोड सशर्त अनुदान सहयोग आएको छ । यहाँको क्रियाकलापमा त्यसभन्दा बढीसमेत खर्च लाग्ने देखिएकाले त्यसका लागि थप सहयोग गर्न मन्त्रालय तयार छ”, उहाँले भन्नुभयो ।

नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले युवाशक्ति नै देशको मुख्य मेरुदण्ड भएकाले युवा लक्षित कार्यक्रममार्फत देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय गौरवका रुपमा जारी रहेको ज्याम्बोरीलाई लिइएको जानकारी दिनुभयो । प्रचारप्रसार संयोजक राजीव खत्रीले तेस्रो ज्याम्बोराी पनि उत्साहका रुपमा समापन हुँदै विश्वसामु सही सन्देश प्रवाह गर्न सक्षम हुने जानकारी दिनुभयो ।

नेपालमा यसअघि प्रथम ज्याम्बोरी कीर्तिपुर र दोस्रो चितवनमा भएको थियो । स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनामार्फत राष्ट्रका लागि सबल, इमान्दार, अनुशासित, आज्ञाकारी एवं क्रियाशील नागरिक निर्माण गरी तेस्रो ज्याम्बोरी आगामी सोमबार समापन हुनेछ ।

अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्दै आएको स्काउट नेपालमा विसं २००९ मा स्थापना भएको थियो । यसमा १४ वर्षमाथिका व्यक्ति आबद्ध हुन्छन् । ज्याम्बोरीमा दशभन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाका पाँच हजारभन्दा बढी स्काउटमा सहभागी छन् । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.