Websoft University
Latest Post



काठमाडौँ, फागुन १७ गते । रातो तारा डट कम, गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उहाँले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाउनु
भयो ।

इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यकतालाई पनि उहाँले आँैल्याउनुभयो । सो क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलिग्राफ सेक्सनको निरीक्षण समेत गर्नुभयो । उहाँले कमाण्ड सेन्टरमा ‘भिडियो कन्फेरेन्स’बाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने वचनबद्धता प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो भएको बताउँदै गृह मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनको विकास क्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे अवगत गराउनुुभएको थियो । 


विराटनगर, फागुन १७ गते । रातो तारा डट कम,
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरकारी र संस्थागत लागतमा संचालित शैक्षिक संस्थाका बीच समान प्रतिष्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

शिक्षालिप कलेजको ९ औं वार्षिक उत्सवका अवसरमा १६ गते विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले यस्तो बताउँनुभएको हो । सरकारी लगानि र निजि लगानिमा संचालित शैक्षिक संस्थाका बिच ठुलो खाडल देखिएको र यसलाइ आफुले पुर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रमा निजि संस्थाहरुको योगदान अतुलनिय रहेको बताउँदै उहाले अब सरकारी लगानिमा संचालित शैक्षिक संस्थाहरुमा पनि सुधार ल्याउने दाबि गर्नुभयो ।

विराटनगरलाइ शैक्षिक हबका रुपमा विकास गर्ने खालका नीति र ऐन अब प्रदेश सरकार आफैले निर्माण गर्ने उहाले जानकारी दिनुभयो । कार्यक्रममा नेपालको यूथ–१६ का अन्तराष्ट्रिय क्रिकेट खेलाडि राजन मगर र रकेट निर्माण गर्ने कलेजका यूवा बैज्ञानीक नितिस सिंह र यूवा अभियानकर्ता अविनाश थापालाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश १ का सभासद केदार कार्की, विराटनगर महानगर पालीकाका मेयर भीम पराजुली,  उद्योग बाणिज्य संघ प्रदे्रश १ का उपाध्यक्ष राजेन्द्र राउत, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले बोल्नुभएको थियो ।


बावुराम मुडियारी, विराटनगर फागुन १७ गते । रातो तारा डट कम,जिल्ला वन कार्यालय मोरङको आयोजनामा वन अपराध अनुसन्धान तथा मुद्धा दायरी सम्वन्धी २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम फाल्गुण १५ गते पुर्वाञ्चल क्षेत्रिय वन तालिम केन्द्र,विराटनगरको सभाहलमा सम्पन्न भएको छ ।

तालिममा वन क्षेत्रमा हुने वा हुनसक्ने वन र वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान, सो को मुद्धा दायरि सम्वन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा मूलतः वन र वन्यजन्तुको चोरी निकासी नियन्त्रण, थुनुवा पुूर्जी,
पक्राउपुर्जी, वरामदी-खानतलासी-घटनास्थल प्रकृती मुचुल्का, स्वास्थ्य परिक्षण, थुनुवासंग गरिने व्यवहार तथा अभियोग पत्र सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक विषयमा छलफल भयो।

उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ का प्रदेश सचिव तथा क्षेत्रीय वन निर्देशक किशोर चन्द्र गौतम,
जिल्ला अदालत मोरङका न्यायधिशद्धय महेन्द्र प्रसाद पोखरेल एवं नारायण प्रसाद शर्मा, जिल्लासभयो रकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता पदम प्रसाद वस्ती तथा जिल्ला वन अधिकृत
डा. विनोद प्रसाद देवकोटाले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको तालिमका थियो ।

 तालिममा जिल्ला वन कार्यालय अन्तर्गतका विभिन्न सेक्टर वन कार्यालय, ईलाका वन कार्यालयवाट वन रक्षक देखि
सहायक वन अधिकृतसम्मका १८ जना कर्मचारीह रूको सहभागिता रहेको थियो ।

 वन कार्यालय अर्धन्यायिक निकाय भएकाले वनजन्य अपराधको अनुसन्धान तथा मुद्दाको तककिकात वन कर्मचारीलेनै गर्नुपर्ने व्यवस्था वन ऐन २०४०, मा गरिएकोछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.