Websoft University
Latest Post


काठमाडौ-रुकुम,असार १७ गते । रातो तारा डट कम,दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो ।

रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीले सबै स्थानीय तह जितेको रुकुम एकमात्र जिल्ला हो ।

माओवादीको जनयुद्धकालीन ‘लालकिल्ला’ भनिने सुदूरपूर्वी क्षेत्रका सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकामा यही असार १४ गते दोस्रो चरणमा चुनाव भएको थियो ।

सिस्ने गाउँपालिकामा कांग्रेस(एमालेको गठबन्धन भत्काउँदै माओवादीकी कुमारी बराल अध्यक्षमा निर्वाचित भएकी छन् । उनले ३ हजार २९३ मत पाएकी छन् । उपाध्यक्षमा माओवादीकै गोबर्द्धन बुढा ३ हजार ३२६ मतसहित विजयी भएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती २ हजार ५५१ मतसहित विजयी भए । उपाध्यक्ष पनि माओवादी केन्द्रकै ओमकुमारी शाही मल्ल २ हजार ६३५ मतका साथ विजयी भएकी छन् ।

१४ वटा वडा रहेको रहेको पुथा उत्तरगंगा गाउँपालिकामा १० वटा वडामा माओवादी केन्द्र प्यानलसहित निर्वाचित भएको छ । अरु २(२ वटा वडा कांग्रेस र एमालेले जितेका छन् ।

त्यसैगरी रुकुमको भुमे गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका रामसुर बुढा बिजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै मनकुमारी बिष्ट निर्वाचित भएकी छिन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित रामसुर बुढाले ३ हजार ४८२ मत पाए भने उपाध्यक्ष मनकुमारी बिष्टले ३ हजार ४९४ मत पाएकी छन् ।

पहिलो चरणमा गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्ला सदरमुकामसहित ६ स्थानीय तह जितेको थियो । मुसिकोट नगरपालिकाको प्रमुखमा देविलाल गौतम र उपप्रमुख सुर्यकुमारी सुनार केसीले जितेका थिए ।

त्यस्तै चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका निर्वाचित भएका थिए । रुकुमको अर्को नगरपालिका आठविसकोटमा पनि माओवादीकै गोर्खबहादुर केसी प्रमुखमा विजयी भएका थिए ।

६ नं। प्रदेशमा पर्ने रुकुमका अन्य ३ गाउँपालिकामा समेत माओवादी केन्द्रका उम्मेद्वारहरु विजयी भएका थिए ।

सानीभेरी गाउँपालिकाको अध्यक्षमा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ती र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी विजयी भएका थिए ।


युबराज ठकुरी,केराबारी मोरङ असार १७ गते । रातो तारा डट कम,मोरङको केराबारी गाउँपालिका अन्तरगत वडा नम्बर २ सिंहदेवीमा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ ।
वडा नम्बर २ को अन्तिम मत परिणाम अनुसार
एमालेका प्रेम लिम्बू नेतृत्वको पुरै प्यानलविजयी भएको हो ।

लिम्बूले १३ मतको झिनोमतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका सुमन
लिङदमले ४८६ मत पाएका छन् ।
कूल १ हजार ५सय २१ मत मध्ये वडा नम्बर २
सिंहदेवीमा १ हजार ६० मत खसेको थियो ।

उनीहरुलाई विजयी घोषणा गर्न बाकि रहेको
निर्वाचन आयोगले जनाएको छ  वडा नम्बर ३मा नेपाली काङ्ग्रेसको प्यानलै बिजयी भएको आयोगले
जनाएको छ । यस अघि केराबारीगाउपालिका अन्तरगत वडा नम्बर १ मानेपाली कांग्रेसको प्यानल विजयी भैसकेको
छ।

बिराटनगर असार १७ गते । रातो तारा डट कम-अक्सर अभिभावकको गुनासो हुन्छ, मेरो बच्चाले पढाएको बुझ्दैन ।’
कति बच्चाले पढाएको, भनेको, सम्झाएको कुरा राम्ररी बुझ्दैनन् । कतिले चाडै बिर्सन्छन् ।

यो आम समस्या हो । बच्चाहरुले पढेका, देखेका, सुनेका कुरा कति सम्झन सक्छन्, कति बिर्सन्छन् । कति कुरा त उनीहरुले ग्रहण नै गर्दैनन् । अभिभावक ठान्छन्, ‘यो बच्चाको कमजोरी हो ।’ र, उनीहरुको निम्ति यो टाउको दुखाईको बिषय बन्ने गर्छ ।

तर जान्नुपर्ने कुरा के भने, सबै बच्चाको स्मरणशक्ति एकनास हुँदैन । कोही बच्चाको स्मरण शक्ति तेज भएकै कारण उसले पढेको कुरा छिटो याद गर्न सक्छ भने कसैलाई त्यही कुरा याद गर्न समय लाग्नसक्छ । यदी तपाईको बालबालिकामा पनि स्मरण शक्तिलाई लिएर समस्या छ भने विभिन्न उपाय अपनाएर पनि उसको स्मरण शक्ति बढाउन सकिन्छ ।

सामान्यतया बच्चाहरुमा तीन कुराको अभवमा पढ्न मन नलाग्ने नेपालका मेमोरी मास्टर विदुर फुयाँल ९साधक स्वप्नम० बताउँछन् । उनका अनुसार यही तीन कुराको अभावमा बालबालिकाको स्मरण शक्ति बढ्दैन । यी तीन कुरा हुन्, एकाग्रता, उत्प्रेरणा तथा जुक्ति ।

एकाग्रता :- एकाग्रता भनेको कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्नु हो । तर, कतिपय अवस्थामा बच्चाले निश्चि विषयमा ध्यान केन्द्रित गर्न सक्दैनन् । कति बालबालिकाले आफुले पढेको कुरा धेरैबेर स्मरण गर्न सक्दैनन् । एकाग्रतालाई आहार–व्यवहारले बढी प्रभाव पार्छ ।

एकाग्रता बढाउन के खाने :- भटमान, दूध, दही , ओख्खर, पेस्ता, माछा, तील, जौ, गहुँ लगायतका खानेकुरा स्मरण शक्ति बढाउने सबैभन्दा राम्रो खानेकुरा हो । यी तत्वको अत्याधिक सेवनले बालबालिकाको स्मरण शक्ति बढ्ने गर्छ ।
तर वास्तविक जीवनमा जुन कुराले हाम्रो स्मरण शक्ति घटाउँछ, हामी त्यही खानेकुरा प्रति आर्कषित हुने गरेका छौ ।

त्यस्तै, योगा पनि हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो । दैनिक आधा घण्टा योग गर्नाले हाम्रो मस्तिक एकाग्र हुनुका साथै हाम्रो स्मरण शक्ति तेज हुन्छ । यसरी बढाउने संगीतको माध्यामबाट एकाग्रता

बच्चाहरुले अरु कुरा सजिलै याद गर्न नसकेपनि गीत भने शीर–पुच्छर कण्ठ गर्न सक्छन्, त्यो पनि लयबद्ध । किनभने मनपर्ने संगीत बज्छ, त्यसबेला एकाग्रतापूर्वक सुनिरहेका हुन्छन् । यहि कारण उनीहरुले उक्त गीतको शब्द, लय हु–बहु अनुसरण गर्न सक्छन् ।

संगीत एक किसिमको थेरापी हो । यसले मानिसलाई एकाग्र बनाउँछ । संगीतले नै मासिनलाई शान्त तथा तनावरहित बनाउँछ । संगीतकै माध्यमबाट मानिसहरुलाई रचना, गीत सम्झने गर्छन् । संगीतकै कारण हामी रुँने, हाँस्ने गर्छौ । संगीत राम्रो काइदा हो, बच्चाको एकाग्रता क्षमता बढाउने । यद्यपी यसका निम्ति बच्चाले मनपर्ने संगीत हुनुपर्छ ।

उत्प्रेरणा :-हाम्रो मस्तिष्कको दुूई भाग हुन्छ । दायाँ र बाँया । दायाँ मस्तिष्कमा ९० प्रतिशत शक्ति हुन्छ । त्यसमा कल्पना , भावना र सपना हुन्छ । त्यसैले, पढाईमा दायाँ मस्तिष्कलाई गर्नुपर्छ । उनीहरुलाई कुनै पनि कुरा सम्झन त्यसको तस्वीर कल्पना गर्न लगाएर तथा त्यसको चित्र मस्तिष्कमा कोरेर पनि बच्चाहरुको स्मरण शक्ति बढाउन सकिन्छ ।

जुक्ति :-कुन कुरा वा शब्दलाई कसरी सम्झने भन्ने कुरा टेक्निकमा भर पर्छ । त्यसको लागि कसरी सम्झन सकिन्छ, कुन उपाय लगाउँदा त्यो कुरा सम्झन सजिलो हुन्छ भन्ने कुरा टेक्निकले निर्धारण गर्छ ।

जस्तो कुनै कुरा उसलाई बुझाउनु छ भने त्यसलाई चित्रद्वारा बुझाउने हो कि, खेलद्वारा बुझाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । उसले कुन कुरा राम्ररी ग्रहण गर्छ, त्यसैलाई माध्याम बनाएर बुझाउने प्रयास गर्नु बढी प्रभावकारी हुन्छ ।

स्मरणशक्ति बढाउने अन्य टिप्स :- जंकफुडको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । जंकफुडले हाम्रो दिमागलाई बोधो बनाइदिन्छ । जसले गर्दा कुनै पनि कुरा सम्झन कठिनाई उत्पन्न हुने गर्छ । बच्चालाई तनावरहित राख्ने । मस्तिष्क तनावले भरिएको छ भने उसले बाहिरी कुरा ग्रहण गर्न सक्दैन।

बच्चाको स्मरणशक्ति बढाउने राम्रो काइदा हो, प्राणायम । प्राणायमको माध्यामबाट पनि स्मरण क्षमता बढाउन सकिन्छ ।
अक्सर बच्चालाई कुनै कुरा बुझाउँदा वा पढाउँदा ससर्ती भन्ने भन्दा पनि त्यसलाई उदाहरणको रुपमा पेश गरेर, चित्रको माध्याम अपनाएर पढाउँदा उसले सजिलै ग्रहण गर्छ ।

विद्यालयका शिक्षकहरुले के पढाउने र कसरी पढाउने तथा विद्यार्थीहरुलाई कसरी पढाउँदा उनीहरुले ती कुरा स्मरण गर्न सक्छन् भन्ने किसिमले पढाएको खण्डमा पनि बालबालिकाहरुले आफुले पढेका धेरै कुरा स्मरण गर्न सक्दछन् । अनलाइन बाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.