Websoft University
Latest Post


काठमाडौं,असार १३ गते । रातो तारा डट कम,दोस्रो चरणको स्थानीय तुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका,१११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो ।

१५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।


 काठमाडौं, असार १३ गते । रातो तारा डट कम काठमाडौं  महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार उद्घाटन गरिएको छ । प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।



यो प्लान्ट युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको हो । टेकुमा फोहोरबाट बिजुली निकाल्ने गरी यो प्लान्ट तयार भएको छ । यसमा काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकालिन्छ ।

यसबाट मिथेन ग्यास उत्पादन भइरहेको छ र, यही ग्यासबाट बिजुली उत्पदन सुरु भएको छ । विजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथालाईजेशन प्लान्टको स्थापना गरी विद्युत, जैविक मल र प्रशोधित पानी उत्पादन हुन्छ । महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको कामलाई दीगो रुपमा अघि बढाउन प्लान्ट सेवा सञ्चालनमा आएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए ।

उनले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर सहर बनाउने महानगरबासीको सपना छिट्टै पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए । एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तरगत सञ्चालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ ।

यो परियोजनाको सञ्चालनबाट वाषिर्क सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्याँस उत्सर्जनमा कमी आउने अपेक्षा पनि गरिएको छ । ३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डले पनि निजी क्षेत्रको सहकार्यका ठूलो परियोजना संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । प्लान्ट स्थापनापछि फोहोरबाट विजुली निकालिने विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता पनि हट्ने अपेक्षा छ ।

 काठमाडौं,असार १३ गते । रातो तारा डट कम-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीलाई राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानियाले ह्वाइट हाउसमा स्वागत गरेका थिए ।



राष्ट्रपति ट्रम्पले आफूलाई गरेको स्वागत सवा सय करोड भारतीयका लागि सम्मान भएको मोदीले बताए । ट्रम्पले पनि मोदी राम्रो प्रधानमन्त्री भएइको भन्दै उनी ह्वाइट हाउस आउनु आफ्ना लागि सम्मान भएको बताए ।


भेटपछि संयुक्त रुपमा पत्रकारहरुमाझ उपस्थित ट्रम्प र मोदीले भनेका मुख्य ५ कुरा के के हुन ?

राष्ट्रपति ट्रम्पले के भने :-
· विश्वको सबै भन्दा ठूलो लोकतन्त्रका नेतालाई ह्वाइट हाउसमा स्वागत गर्नु सम्मानको कुरा हो । मैले सँधै भन्दै आएको छु कि तपाईको देश, देशबासी, उनीहरुको संस्कृति, धरोहर र विरासतका लगि मेरो मनमा अगाध श्रद्धा छ ।

· यो वर्ष भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा अमेरिकाको तर्फबाट भारतबासीलाई बधाई दिन चाहन्छु । अमेरिका र भारतको मित्रता साझा मूल्यमा आधारित छ, जसमा लोकतान्त्रका लागि हाम्रो प्रतिवद्धता पनि छ ।

· धेरै मानिसलाई यो थाहा छैन कि भारत र अमेरिकाको संविधान तीन सन्दुर शब्दबाट सुरु हुन्छ र त्यो शब्द हो, वी द पिपुल । प्रधानमन्त्री मोदी र म यो शब्दको महत्व राम्रोसँग जान्दछौं ।

· आजको भेटपछि म यो भन्न चाहन्छु कि भारत र अमेरिकाको सम्वन्ध यति मजबुत र यति राम्रो यसअघि कहिल्यै भएको थिएन । भारत तिव्र रुपमा अगाडि बढिरहेको अर्थव्यवस्था हो र इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो कर सुधार गरिरहेको छ । भारत भ्रष्टाचारसँग लडिरहेको छु, जो लोकतन्त्रका लागि सँधै एक गम्भीर खतरा हो ।

· भारत र अमेरिका चरमपन्थ र चरमपन्थी विचारधारासँग लडिरहेको छौं । हामी उग्र इस्लामी चरमपन्थलाई नष्ट गर्छौं । हाम्रो सेनाले यसमा काम गरिरहेको छ र आगामी महिना दुबै देशको सेनाको संयुक्त अध्यास हुनेछ ।

प्रधानमन्त्री मोदीले के भने:-
· राष्ट्रपति ट्रम्प र मेरो आजको कुराकानी हरेक दृष्टिमा अत्यन्त महत्वपूर्ण रह्यो किनकी यो परस्पर विश्वासमा आधारित थियो। यसमा हरेक मूल्य,प्राथािकता, चिन्ता र रुचीको समाधान पनि थियो । यो भारत र अमेरिकाबीच परस्पर सहयोग र सहभागिताको चरम सीमाको उपलब्धीमा केन्द्रीत छ ।

· हाम्रो यस्तो मजबुत सामरिक साझेदारी छ, जसले मानव प्रयासको लगभग सबै क्षेत्रलाई स्पर्श गरेको छ । हामीले भारत र अमेरिकाको सम्वन्धको हरेक आयामको चर्चा गर्‍यौं। दुबै देश एउटा यस्तो द्धिपक्षीय ढाचाँमा प्रतिवद्ध छन्, जसले हाम्रो रणनीतिक साझेदारीलाई नयाँ उचाईमा लैजान्छ ।

· भारतको सामाजिक आर्थिक परिर्वतनका लागि हाम्रो मुख्य कार्यक्रममा हामी अमेरिकालाई मुख्य पार्टनर मान्छौं । मलाई विश्वास छ कि मेरो न्यू इण्डियाको भिजन र राष्ट्रपति ट्रम्पको मेक अमेरिका ग्रेट अमेरिकाको भिजनले सहयोगको नयाँ आयाम सृजना गर्नेछ ।

· मेरो प्रष्ट मत छ कि एक मजबुत र सफल अमेरिकामा नै भारतको हित छ । यस्तै भारतको विकास र अन्तराष्ट्रिय स्तरमा बढ्दो भारतको भूमिकामा नै अमेरिकाको हित छ । व्यापार, वाणिज्य र लगानी सम्वन्धको भरपुर विकास हाम्रो प्रयासको साझा प्राथमिकता हुनेछ ।

· हामी सम्भावनाको सहयोगी मात्र होइनौं, अगाडि रहेको र आगामी दिनमा आउन सक्ने चुनौतीको सामना गर्नका लागि पनि सहयोगी हौं । आज हामीले चरमपन्थ, अतिवाद र उग्रवादबाट विश्वमा उत्पन्न गम्भीर चुनौतीमा चर्चा गर्‍यौं र आपसमा सहयोग बढाउन सहमत भयौं । आतंकवादसँग लड्न र आतंकवादीहरुको सुरक्षित आश्रयस्थललाई समाप्त पार्न हाम्रो सहभागिता एक महत्वपूर्ण हिस्सा हुनेछ । अलाइनबाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.