लेटाङ भदौ ६ गते । अखिल नेपाल महिला संघ (अनेम संघ) लेटाङ नगर कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। आज सम्पन्न नगर सम्मेलनले पुनम मास्कीमगरको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो।
यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षमा केसीमाया राई, सचिवमा रत्न पौडेल, उपसचिवमा शान्ता वि.क. र कोषाध्यक्षमा थिरकुमारी पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।यसैगरी विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी निम्न बमोजिम नगर कमिटी सदस्यहरु चयन गरिएको छ ।
वडा नं. १: सुकमाया लिम्बू, विविता राई
वडा नं. २: राधा भण्डारी, अनु निरौला
वडा नं. ३: मनमाया गौतम, तिर्थवती राई
वडा नं. ४: सुनिता परियार, सरिता लिम्बू
वडा नं. ५: राधिका पौडेल, प्रमिला श्रेष्ठ
वडा नं. ६: नैकला पौडेल, विमला ढुङ्गाना
वडा नं. ७ : पुरनमाया राई, सुनिता मगर
वडा नं. ८: अन्जु कुमारी कटुवाल, लक्ष्मी वि.क.
वडा नं. ९: सावित्रा ढुङ्गाना, मिरा दियाली ।

Post a Comment