झापा बिर्ता साउन ११गते । ग्रिन फिल्ड वल्र्ड स्कुलले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ एरो बे रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच विद्यालयले स्थापना गरेको ‘एरो बे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० ल्याब’ को औपचारिक उद्घाटन गरिएको हो ।
विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षता एवम् पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा। शरद भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच ‘एरो बे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० ल्याब’ को औपचारिक उद्घाटन गरिएको हो ।
करिव ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ल्याल मार्फ विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै उनीहरूमा अनुसन्धान, सिर्जनशीलता र नवप्रवर्तनको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको विद्यालयका कार्यकारी निर्देशक आनन्द वस्नेतले जानकारी दिए ।
पछिल्लो समय विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान विद्यालय तहदेखि नै विद्यार्थीहरूमा विकास गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको कार्यकारी निदृेशक बस्नेतको भनाई छ ।
विद्यार्थीहरूले रोबोट निर्माण, कोडिङ, कृत्रिम बुद्धिमत्ता, डिजाइन थिंकिङ, स्वचालन प्रविधि तथा समस्या समाधानका व्यावहारिक सीप सहज रुपमा हासिल गर्ने विद्यालयका कोअडिनेटर वर्नाट लामाले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक तथा शिक्षा सेवी वस्नेतले अहिलेको शिक्षा प्रणाली केवल पाठ्यपुस्तकमा सीमित हुन नसक्ने धारणा राखे । उनले भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न विद्यार्थीहरूलाई सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता रहेको बताए ।
प्रयोगशाला विद्यार्थीहरूको कल्पनाशक्ति र नवप्रवर्तनलाई व्यवहारमा उतार्ने थलोका रूपमा विकास हुने संस्थापक अध्यक्ष वस्नेतको भनाई छ । “अबका विद्यार्थीले केवल प्रविधि प्रयोग गर्ने मात्र होइन, नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता पनि विकास गर्नुपर्छ,’ अध्यक्ष वस्नेतले भने ।
कार्यक्रमका प्रमुख अतिथि डा भट्टराईले आधुनिक शिक्षामा गरिएको यो लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनीहरूले विद्यालयले आगामी दिनमा पनि प्रविधिमैत्री शिक्षा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षण वातावरण निर्माणमा निरन्तर काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको जनाए ।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयले समयको मागअनुसार आधुनिक प्रविधिलाई शिक्षासँग जोडेको भन्दै यसको प्रशंसा गरेका थिए ।
विद्यालयका अनुसार प्रयोगशालामा विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, प्रोग्रामिङ, कृत्रिम बुद्धिमत्ता, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी हुनेछन् । यसले उनीहरूमा आलोचनात्मक सोच, समूहमा काम गर्ने क्षमता, नेतृत्व विकास तथा नवप्रवर्तनमुखी सोचको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालयले आगामी दिनमा प्रविधिमैत्री शिक्षालाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
विद्यालयको प्राङ्गणमा गरिएको ‘एरो बे रोबोटिक्स प्रयोगात्मक अभ्यासमा एरोप्लेन्न देखि रकेटसम्मको सफल उडान गर्दै विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइएको थियो ।
विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक अश्विनी प्रधानले गरेकी थिइन् ।



Post a Comment