विराटनगर, पुस १२ गते । मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका ( ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल( ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर ( २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर (१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा ( ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा(६ का प्रकाश रोक्का र झापाको मेचीनगर ( ९ का अतिप लिम्वुलाई प्रतिबन्धीत औषधी ट्रामोल(१५३ पिस र स्पासपेन(१६३ पिस सहित र छथरजोरपाटी ( ३ स्थितबाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल(८० पिस र स्पासपेन(१०४ पिस सहित नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

Post a Comment