Websoft University

विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय शुरु गर्न संघको सहजीकरण


विराटनगर पुस १५ गते । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् ।यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा। मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा।सन्देशदास श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रा।लि।को कन्सेप्ट प्रस्तुत गरेका थ् ि खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामग्री आपूर्ति गर्ने आइडिया उनले पिच गरे । पाँच वर्षमा देशका सबैमहानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए ।

इलाम सूर्योदयका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए ।

विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्न सम्बन्धी आफ्नो गफसप ब्रान्डको विषयमा आफ्नो प्रस्तुति दिए ।

झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आईडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरु पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताब प्रेमीहरुलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।

मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चर सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड वेभरेज सम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आईडिया पिच गरेका थिए ।

विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ पढाईका लागि सम्पूर्ण पाठ्य सामग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आईडिया शेयर गरेका थिए ।

मोरङ उद्योग व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आईडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । प्राप्त आईडियाहरुमध्ये लाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यसको सहजीकरण आईडिया स्टुडियोले गरेको थियो ।

एक्स्पोमा हरेक थिमेटिक सेसन संचालन हुंदै आएको छ । मंगलबारको छलफलको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्वपूर्ण भएको बताए । कार्यक्रममा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले प्रस्तुति दिएका थिए ।

जगन्नाथ महर्जनले आफूले बिजनेस गर्दाको अनुभव शेयर गर्दा नयाँ पुस्तालाई त्यसले फाइदा पुग्नसक्ने अपेक्षा गरेको बताउँदै भने,‘‘चीन र भारतको सफलता स्टार्ट अपको विषयमा लिएको नीतिकै कारणले हो ।’’ सरकार आफैंले स्टार्ट अपहरुलई फन्डिङ गरेर जसलाई चाहिएको हो त्यसलाई नै सहयोग पुग्ने गरेको बताए । भारतले समेत स्टार्ट अप जोनहरु संचालन गरेर खर्बौ रुपैयाँ लगानी गरेको दृष्टान्त सुनाउँदै नेपालमा सरकारले गरेको फन्ड निकै न्यून भएको र नीतिगत समस्या पनि रहेको सुनाए । वि।सं २०४० तिर घरमा सानो बेकरीको रुपमा खजुरीको शुरु भएको स्मरण गर्दै उनले आफू जन्मिएको चापाँगाउँमा कच्चीबाटो रहेको बिजुलीसमेत नभएकोभन्दै दुर्गमकाठमाडौबाट व्यापार शुरु गरेको बताए ।

उत्कृष्ट र सम्भावनायुक्त आईडियालाई व्यवसाय शुरु गर्न सहकार्य तथा सहजीकरण गर्दै संघले ब्रिजिङ गर्नेछ । रोजगारी सिजर्ना र आर्थिक वृद्धिका लागि यो महत्वपूर्ण पहल हुने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

अनुपम राठीको अध्यक्षतामा कार्यक्रम भएको थियो । राठीले बिजनेस इकोसिस्टमको विकास गर्न यस किसिमको छलफल आयोजना गरिएको बताए । उनले भने,‘‘व्यावसायिक यात्राका कठिनाईसँग जुध्दै सरकारलाई नीतिगत सुधारका लागि ध्यानाकर्षण गर्न पहल थालिएको हो ।’’

डा। मोहन सुवेदीले कुन दशकमा कुन व्यवसाय भन्ने कुरा हुँदै आएको    छ । नयाँ नयाँ आइडियाले व्यवसायको रुप लिने भन्दै उनले ठूलाठूला र सफल भएका उद्यम सानो विचारबाट शुरु हुने बताए । उनले भने,‘‘नेपालमा समेत व्यवसायिक सफलता सानो प्रयासबाटै शुरु भएको देखिन्छ । यसबाट नै उद्यमशीलताको विकास हुने हो ।’’ पूँजीको अभावलाई समेत चिर्न सकिने भन्दै सुवेदीले अर्कोले जोखिम लिईसकेपछि प्रवेश गर्नुभन्दा आफै शुरुवात गर्नुपर्नेमा जोड दिए ।

आईडिया स्टुडियोका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अनिल बस्नेतले देशभरबाट आईडिया संकलन गरेर उत्कृष्टलाई व्यवसायको चरणसम्म लैजन सहयोग गर्दै आएको जानकारी दिए । उद्यमशीलतासँगै रोजगारी बढाउन मद्दत गर्दै आएको सुनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.