विरानगटर, मंसिर ५ गते । नेपाल सरकार गृहमन्त्रालय बढुवा समितिको कार्तिक २८ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई हार्दिक बधाई सहित धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ ।
मंसिर ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक दिपक पोख्रेल सहित जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा, इलाम, उदयपुर, धनकुटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुखहरु सहित उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरुले प्रहरी नायव महानिरीक्षक कार्कीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
धन्यवाद तथा शुभकामना कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले जस्तोसुकै चुनौतीपुर्ण तथा विषम परिस्थितमा सजग, चनाखो, इमान्दार र कर्तव्यनिष्ठ भएर कोशी प्रदेशको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तथा प्रहरी संगठनको गौरवशाली इतिहासलाई जोगाउदै “सत्य, सेवा, सुरक्षणम्” मुल मन्त्रलाई आत्मसाथ गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि अहोरात्र खटि आफ्नो कार्यकाल सफल र फलदायी बनाउन सहयात्रीको भुमिका निर्वाह गर्नु हुने जिल्ला प्रहरी प्रमुखहरु लगायत सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।
साथै वहाँले प्रहरीलाई उपलब्ध सिमित स्रोत साधनहरुको अधिकतम उपयोग गरी शारिरिक, मानसिक तथा भौतिकरुपमा सक्षम र सवल भई जस्तो सुकै कठिन परिस्थिति आई परे पनि कति पनि विचल्लित नभई समाजमा शान्ति सुरक्षा स्थापना गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेलले प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई चुनौतीपूर्ण विषम परिस्थितिमा समेत बिचलित नभई अत्यन्त समर्पित, धेर्यशील, दुरदर्शी र उच्च नेतृत्व क्षमता प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्नु भएकोमा मुक्तकण्ठले प्रशंसा गर्नु हुदै कोशी प्रदेश अन्तरगत कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रदान गर्नुभएको मार्ग निर्देशन, अभिभावकत्व, हौसला, माया, साथ र सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुको तर्फबाट वहाँको व्यवसायिक, व्यक्तिगत तथा पारिवारिक जीवनको निरन्तर सफलता, समृद्धि र उन्नतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
साथै धन्यवाद तथा शुभकामना कार्यक्रममा कोशी प्रदेशका पहाडी जिल्लाका जिल्ला प्रहरी प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाईहरुका प्रमुखहरु समेत भर्चुअल माध्यमद्वारा उपस्थित हुनु भएको थियो ।

Post a Comment