Websoft University

कर्पोरेट लयरहरु उत्पादन गर्न विश्वविद्यालयहरुले जोड दिनुपर्ने


विराटनगर मसिर ३ गते । गणेश लम्सालबाट- 
कानुन विज्ञ प्रोफेसर डाक्टर  विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको  खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन । 

बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा  स्नातक तहको पाँच बर्षे व्यवस्थापन कानुन (विविए एलएलबी ) पढन दोस्रो व्याचमा भर्ना भएका विद्याथीहरुलाई उत्प्रेरणा दिँदै कानुन विज्ञ प्राडा अधिकारीले कर्पोरेट लयरहरुका लागि धेरै अवसर भएकोले कानुन कलेजहरुले अब कर्पोरेट लयरहरु उत्पादन गर्न चासो दिनुपर्ने बताएका हुन ।
 
काठमाण्डौ विश्वविद्यालयको कानुन संकायका डिन रहिसकेका संबिधान र व्यवस्थापन कानुनका विज्ञ प्राडा अधिकारीले विविए एलएलबी विए एलएबी भन्दा बिशिष्ट कोर्ष भएको भन्दै उत्पादन भएका कर्पोरेट लयर्सहरुलाई अवसरै अवसर रहेको पनि प्रस्टयाए । नेपालमा काठमाडौ युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन विश्वविद्यालयमा मात्र व्यवस्थापन कानुनको पढाई हुने गरेको जानकारी दिँदै पुर्व डिन  डा अधिकारीले सरकारी र निजी क्षेत्रमा व्यावस्थापन कानुन व्यवसायीहरुका लागि प्रशस्त अवसर रहेको बताए ।

 उनका अनुसार व्यवस्थापन कानुनमा आधारभुत कानुनहरु मात्र नभएर अर्थसास्त्रसँग सम्बन्धित बिजनेश र व्यवस्थापनको सैदान्तिक ज्ञानसँगै व्यवहारिक शीपको पनि अध्यन गर्नुपने भएकोले उत्पादन भएका कानुन व्यवसायीहरु ऋाफैमा शीप र ज्ञानले दक्ष हुन्छन । यसैगरि व्यवस्थान
डा अधिकारीले भने ,‘ विविए एलएबीमा सबै आधारभुत तहका कानुनसँगै विजनेश , प्रशासन र विजनेश व्यवस्थापन अनि श्रम र उद्योगपति र कर्पोरेट विजनेशबारे पनि पढनुपर्छ यसैले व्यवहारिक रुपमा दक्ष कर्पोरेट कानुन व्यवसायीहरु उत्पादन हुन्छ । ’

डा अधिकारीले आफुले संबिधानसँगै व्यवस्थापन कानुन समेत पढेकोले एनसेलको ६१ करछली मुद्दालार्इृ अन्तराष्ट्रिय अदालतमा पैरबी गरेर नेपाल सरकारलाई जिताउन सफल भएको सुनाए । उनले व्यवस्थापन कानुन पढने कानुन व्यवसायीहरु मुद्दाहरु अदालतसम्म लगेर ईजलासमा बहस गरेर फिस लिने मात्र हुदैनन व्यवहारिक रुपमा मुद्दाको वास्तविकता बुझाएर सचेत गराउन पनि दक्ष हुने बताए । डा अधिकारीले व्यवस्थापन कानुनमा पाँच बर्षे स्नातक  पढने विद्यार्थीहरु दक्ष  कर्पोरेट लयर हुनेमात्र नभएर अर्थसास्त्र र अन्य कानुनमा थप उच्चशिक्षा पढन  कुनै अवरोध हुदैन भने ।

कानुन विज्ञ डा अधिकारीले व्यवस्थापन कानुनमा काठमाण्डौ विश्वविद्यालयबाट पास आउट भएका कानुन व्यवसायीहरु सबै बजारमा सक्रृय भएको बताए । डा अधिकारीले विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै भने , ‘व्यवस्थापन पढेका कानुन व्यवसायीहरु व्यवहारिक रुपमै शीप र ज्ञानले दक्ष हुनेभएकोले उनीहरु कर्पोरेट क्षेत्रमा सजिलै फेमिलिएर हुन्छन यसैले उनीहरुको पेशामा सेवाग्राहीको कहिल्यै खाँचो हुदैन ।’,   
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यवहारिक शीप सहितको कोर्ष निर्माण गरेकैले मनमोहनले विएएलएलबीको पढाई सुरु गरेको बताए । उनले विएएलएबी पढने विद्यार्थीहरुले निर्माण , वतावरण , सुरक्षा , साईबर अपराधसँगै ठेक्कापटटा , खरिद , नापी,आदि व्यवहारिक कानुनबारे  ज्ञानशीप हासिल गर्ने बताए । उपकुलपति पोखरेलका अनुसार व्यवस्थापन कानुनको पढाईलाई व्यवहारिक बनाउने कलेजले विद्यार्थीहरुका लागि अभ्यास ईजलास बनाउन  टेण्डर प्रकृया सुरु गरिसकेको जानकारी गराए ।

उपकुलपति पोखरेलले भने , विश्वविद्यालयले ‘नो नलेज विदआउट  मनमोहन कानुन कलेज’ को उद्देश्य लिएर आधा सैद्धान्तिक र आधा प्राक्टिल कोर्ष तयार गरेको बताए । भिसी पोखरेलले भने , मनमोहनमा विविए एलएलबी अध्यन गर्ने विद्यार्थीहरुले फिल्डमै गएर अध्यन गरेर शीप सिक्ने मात्र ‘नभएर अन्तिम बर्षमा केश स्टडी सहित मुद्दाको मिसिल तयार गरेर वकालत प्रतिवेदन तयार गरेर प्रर्दशन पनिगर्नुपर्छ ।,’ 

मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल अन्तर्गत सञ्चालन भैरहेको  ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ कलेजले  गत बर्षदेखी व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तरको पढाई सुरु गरेको बताए । उनका अनुसार गतबर्षदेखी सुरु भएको विएएलएबी र एलएलएममा कोटा भन्दा बढि विद्यार्थीहरुले भर्ना आबेदन गरेको जानकारी गराए । उनले दक्ष कानुन व्यसायी उत्पादन गर्न मनमोहनले कहिल्यै गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।   
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.