Websoft University

२१ स्वर्ण पदकसहित एभरेष्ट अन्तर विद्यालय पौडी प्रतियोगितामा प्रथम


विराटनगर भदेो २१ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल २१ वटा स्वर्ण पदक सहित अन्तर विद्यालय पौडि प्रतियोगितामा प्रथम भएको छ । शुक्रबार र शनिवार सम्पन्न प्रतियोगितामा विराटनगरकै दिल्लि पब्लिक स्कुल (डीपीएस) ६ स्वर्ण पदकसहित दित्तिय भएको छ भने सेन्ट मेरी स्कुल २ स्वर्ण ३ रजत र ७ कास्य पदक सहित तेस्रो भएको छ ।
 

सुनसरी र मोरङका गरि करिब तीन दर्जन विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय प्रतियोगितामा विभिन्न ३९ वटा विधामा स्पर्धा भएको थियो । 
विराट पौडी तालिम केन्द्रको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्याब्सनका सल्लाहकार टिकाराम पुरीले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष इन्द्रजित राजभण्डारीले अन्य खेलजस्तै पौडीको पनि अन्तर्राष्ट्रिय स्तरमा उत्तिकै महत्व रहेको भन्दै विद्यार्थी खेलाडीहरुलाई प्रतिष्पर्धात्मक बनाई क्षमता विकास गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
प्रमुख अतिथि पुरीले पौडी खेलले खेल क्षेत्रको मात्र नभई स्वयम् खेलाडीको जीवनलाई पनि स्वस्थकर रहन महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्नुभयो । उहाँले हरेक खेलले देशको समेत इज्जत राख्ने हुँदा खेलाडीहरुले इमान्दारीता र लगनका साथ खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित समेत बनाउने विश्वास ब्यक्त गर्नुभयो । एभरेष्ट कलेजको स्वीमिङ पूलमा भएको खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्न लव कुमार पटेवा, आयुष लामा, मेघराज गुरुङ, डम्बर थापा र धर्मध्वज लामालगायतका ‘अफिसियल’हरुले भूमिका निर्वाह गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.