Websoft University

थाइल्याण्ड राष्ट्रिय टोलीकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा आबद्ध


ललितपुर भदेो ८ गते | थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई ललितपुर क्विन्सले आबद्ध गरेको छ । पोखरामा अर्को साता देखि सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतबार सामाजिक सञ्जाल मार्फत जनायो । ललितपुरले यस अगिनै थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।      

३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ । उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो । उनको आगमन सँगै टोली थप बलियो भएकोमा ललितपुर क्विन्सको विश्वास छ । 

आफ्नो साथीहरू खेलेको भएर गत संस्करणको लिग उनले हेरेको र लिगको बारे अवगतनै रहेको उनी बताउँछिन् । देश विदेशमा धेरै उपाधि जितिसकेकी दारिन यो पटक नेपालमा उपाधि जित्ने योजना रहेको छ । 

घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेशगरेकोथियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । 

रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.