बिराटनगर जेठ २२ गते । मोरङको ग्रामथान गाउँपालिका ७ स्थितबाट लागुऔषध गाँजा ओसार पसारमा संलग्न २ जनालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।
जेठ २० गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान ७ कलाबन्जार चौक स्थितमा संकास्पद अवस्थामा रहेका प्रदेश १-०४-००१ प ९८३५ मोटरसाईकलमा सवार जहदा गाउँपालिका - ५ का ३० बर्षीय राजेश कुमार कामत र भारत अररिया पर्वाहा ग्राम पंचायतका ३२ बर्षीय विकास कुमार साहुलाई नियन्त्रणमा लिई सोधपुछको क्रममा उनिहरुले नजिकै रहेको होम पाईममा गाँजा लुकाई राखेको भनि जानकारी गराएकोमा उक्त स्थानबाट १२ पोका ९३४७।११(किलोग्राम) गाँजा फेला परी बरामद गरेको हो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न दुई जनालाई नम्बर प्लेट नभएको सेतो रङको टाटा सुमो गाडी र मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
Post a Comment