Websoft University

विश्व रक्तदाता दिवसमा तीन सम्मानित


विराटनगर | विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका    छन् ।

सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।

शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी  रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।

यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई  बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो ।

दुर्लभ रगत समूह बी नेगेटिभ भएका रक्तदाता तथा सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेकाका लागि जुनसुकै बेलामा पनि सहयोगका  लागि पर्ने भएवापत सम्मानित भएका हुन् ।

सम्मानित डा ठाकुर, क्षेत्री र पन्तलाई १०३ पटक रगत दान गर्ने रक्तदाता तथा कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले रुद्राक्षको माला लगाई दिएर सम्मान गरेका हुन् ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.