Websoft University

विभिन्न कार्यक्रम गर्दै नेपाल टेलिकम प्रादेशिक कार्यालयले मनायो २१ औं वार्षिकोत्सव


विराटनगर माघ २२गते । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनगर स्थित प्रादेशिक कार्यालयको हलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुको सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरुलाई मेडल वितरणलगायतका कार्यक्रम गरेको हो ।  
कोशी प्रदेशका विभिन्न कार्यालयमा कार्यरत १९ जनालाई दीर्घ सेवा पदकबाट सम्मान गरियो ।

 
यस्तै गएको एक वर्षमा सबैभन्दा बढी रिचार्ज कार्ड खरिद गरि कारोबार गर्ने डिलरहरुमध्येबाट ग्यालेक्सी इन्टरनेशनल ट्रेड सेन्टर प्रा.लि., पहिलो दिन नै कम्प्लेन क्लियर गर्नेहरु मध्ये सबैभन्दा बढी प्रगति गर्ने दुर सञ्चार कार्यलय चन्द्रगढी, सबैभन्दा बढी लिज लाईन वितरण गर्ने दूर सञ्चार कार्यालय इलाम, बढी पूरानो आसामी असुल गर्ने दूर सञ्चार कार्यालय इटहरीलाई कदर पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । 

 नेपाल टेलिकमका निर्देशक विमलेश झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक निर्देशनालयका प्रबन्धक  नारायण प्रसाद काफ्ले, निर्देशनालयमा क्रियाशिल यूनियनका अध्यक्षहरू, सेवा निवृत कर्मचारी समाज इटहरीका अध्यक्ष रूद्र वहादुर कंडेल, विभिन्न कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.