Websoft University

वडाध्यक्ष कामत जनभावनाअनुसार नचलेको कांग्रेसको आरोप


विराटनगर | विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ ।

नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिहीबार नै ज्ञापनपत्रका लागि समय लिएको भए पनि वडाध्यक्ष कामत कार्यालयमा उपस्थित नभएको भन्दै सभापति यादवले आपत्ति जनाए । कामतले फोन गरेर कार्यालयभन्दा बाहिर रहेको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेको सभापति यादवको भनाइ थियो ।

अन्य दल र संघसंस्थाका प्रतिनिधिको सल्लाह र सुझाव नलिई वडास्तरीय बजेट विनियोजन गर्ने गरेको कांग्रेसको भनाइ छ । कांग्रेसले बुझाएको ज्ञापनपत्रमा वडाध्यक्ष कामतले सेवाग्राहीको समस्या नसुन्ने गरेको, वडाभित्रै भएर पनि सदस्यलाई कार्यबाहक दिएको, कार्यबाहक दिँदा पनि कामतले बाटोबाटोमा वडाका विभिन्न सिफारिसमा तोक लगाउने गरेको, वडाध्यक्ष कामतले तोक लगाएको कागजमा कार्यबाहकले समेत तोक लगाउने गरेको, विभिन्न शीर्षकमा छुट्याएको बजेट मिलेमतोमा खर्च गर्ने गरेको भन्दै जवाफ माग गरेको छ । बिजुली बत्तीका लागि भनेर बजेट छुट्याए पनि वडाका सडकहरुमा बत्ती नलगाई बजेट खर्च गरेको कांग्रेसको आरोप छ ।

 यही जेठ ११ गते सम्पूर्ण कार्यालय बन्द गरी जनप्रतिनिधि र कर्मचारी घुम्न गएको भन्दै कांग्रेस वडा समितिले विरोध जनाएको छ । वडाबाट हुने सबै काम ठप्प पारेर जनप्रतिनिधि र कर्मचारी घुम्न जानु अत्यन्तै आपत्तिजनक र लापरबाही भएको कांग्रेसको ठहर छ । वडाको बजेट तर्जुमा गर्दासमेत वडाध्यक्ष कामतले भित्री रुपमा गर्ने गरेको सभापति यादवले बताए ।

जनताको सेवा गर्न भनेर निर्वाचित वडाध्यक्षको अत्यन्तै लापरबाही देखिएकाले कांग्रेसले ज्ञापनपत्र बुझाउनु परेको कांग्रेसका वडा सचिव ज्ञानेन्द्र खड्काले प्रस्ट पारे । जनताको सेवाका लागि वडाध्यक्षसहितका जनप्रतिनिधिलाई खबरदारी गर्नु कांग्रेसको दायित्व भएको उनको भनाइ थियो । कांग्रेस वडा समितिका पदाधिकारी, सदस्यसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता ज्ञापनपत्र बुझाउन वडा कार्यालय पुगेका थिए । वडाध्यक्ष कामत जसपाबाट निर्वाचित वडाध्यक्ष हुन् । कार्यालय बन्द गरेर कर्मचारीसहित केही दिनअघि घुम्न गएपछि वडाध्यक्ष कामतको व्यापक आलोचना भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.