Websoft University

२५ हजारको दरले राहत उपलब्ध


श्याम राई, उदयपुर  गाईघाट, २७ जेष्ठ | दुध कोशीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका तिन वालवालिकाको  परिवारलाई त्रियुगा नगरपालिकाले नगद रु.२५ हजारको दरले राहत उपलब्ध गराएको छ । नगरप्रमुख बशन्त बस्नेतले पिडित परिवारको घरमै पुगेर शनिबार राहत रकम परिवारका आफन्तलाई दिएका हुन ।

गत चैत्र ११ गते होली खेलेर कोशीमा नुहानउ गएका वालवालिकाको समूहका तिन जना बगेर बेपत्ता भएकोमा वर्ष ९ का रिदम मगर, वर्ष १२ का लोक बहादुर मगर र ११ बर्षिया रेखा पुलामी मगरको मृत्यु भएको थियो ।

त्रियुगा नगरपालिका–१४ साउनेका उनीहरुको ३ दिनपछि कोशीमा शब फेला परेको थियो । नगरप्रमुख बस्नेतले थोरै रकम भए पनि अहिले आएर पिडित परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले राहत उपलब्ध गराउने क्रममा मृतक वालवालिकाको नामबाट नगरपालिकाले अक्षयकोष स्थापना गरिदिने प्रतिबद्धता गरेका थिए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.