Websoft University

तेक्वान्दो खेलाडीको जुनियर ग्रेडिङ


विराटनगर, २७ जेठ | रास्ट्रिय तेक्वान्दो संघ मोरङको आयोजनामा सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमबीच तेक्वान्दो खेलाडिको जुनियर ग्रेडिङ सम्पन्न भएको     छ । 

तीन महिनासम्म संचालित तेक्वान्दो तालिमपछि खेलाडिलाई ह्वाइट बेल्डदेखि रेड बेल्टसम्म ग्रेडिङ गरिएको हो । उक्त ग्रेडिङ समारोहमा ३७५ जना खेलाडीको सहभागीता थियो । 

उक्त कार्यक्रममा तेक्वान्दो मोरङका अध्यक्ष इन्द्रबहादुर तामाङ, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र कुमार योन्जन लामा, राष्ट्रिय तेक्वान्दो संघ कोशी प्रदेशका महासचिव पिताम्बर पौडेल, तेक्वान्दो मोरङ सह–सचिव राजिब गौतम र तेक्वान्दो मोरङका सचिव तथा ग्रेडिङ प्रशिक्षक द्वारिका रेग्मी सहभागी थिए । तीन महिनाको तालिम पछि उनीहरु अपग्रेड भएका हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.